August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

सहमतिका लागि संस्थापनले कुनै प्रस्ताव पठाएको छैनः डा.शेखर कोइराला

Advertisement

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संस्थापनले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि कुनै प्रस्ताव नपठाएको जानकारी दिएका छन् । सचिवालयमार्फत नेता डा.कोइरालाले सहमतिका लागि ७ बुँदे प्रस्ताव पठाएकोबारे कुनै जानकारी नरहेको बताएका हुन् ।

Advertisement

‘बाहिर हल्ला गरिए अनुसार नेपाली कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्नेबारे डा.शेखर कोइराला र उहाँको सचिवालयलाई अहिले सम्म कहीँ कतै जानकारीमा छैन,’ डा.कोइरालाका सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले जारी गरेको सूचनामा उल्लेख छ । .

थपलियाले सूचनामा मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा नपर्न पनि सबैलाई आग्रह गरेका छन् ।  डा.कोइरालाको सचिवालयले कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत्र २२ गते महामन्त्री प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले नेता शेखर कोइरालालाई बिशालनगरस्थित सचिवालयमा आएर भेटेपछि कोही कसैसँग कुनै पनि संवाद र सम्पर्क नभएको जनाएको छ ।