August 11, 2026, Tuesday
२०८३ श्रावण २६ मंगलवार

बजेटः वृहत् लुम्बिनी विकास कार्यक्रमका लागि ८३ करोड

Advertisement

भैरहवा– सरकारले ऐतिहासिक स्थल तिलौराकोट, रामग्रामसहितका सम्पदा समेटेर वृहत् लुम्बिनी विकास कार्यक्रम ल्याउने भएको छ । संघीय संसदमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले उक्त कुरा बताएका हुन् ।

Advertisement

यसका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । लुम्बिनी गुरुयोजना अझै पूरा भएको छैन । करिब पाँच दशक हुन लाग्दा समेत गुरुयोजनाले सार्थकता नपाएको हो । लुम्बिनीसँगै महत्वपूर्ण मानिएका तिलौराकोट, रामग्राम अझै ओझेलमा छन् । लुम्बिनी आउने पर्यटक त्यहाँ पुग्न सकेको छैनन् ।

सरोकारवालाले यी क्षेत्रको विकासमा लामो समयदेखि चासो व्यक्त गर्दै आएका छन् । यसपटकको बजेटमा भने सरकारले प्राथमिकता दिएको हो । यसले लुम्बिनीसँगै तिलौराकोट र रामग्रामको पनि विकास हुने अपेक्षा गरिएको छ । रामग्राममा बुद्धको अस्तिुधातु छ भने तिलौराकोट बुद्धले २९ वर्ष विताएको महत्वपूर्ण स्थल हो ।