September 4, 2026, Friday
२०८३ भाद्र १९ शुक्रबार

किसानको खेतसम्म मल पुग्ने कहिले ?

Advertisement

भैरहवा–धान गोड्ने माँचो चलिरहेको यतिबेला किसानलाई अर्को समस्या थपिएको छ, रासायनिक मल अभावको । हुन त किसानलाई परेको यो चिन्ता कुनै नयाँ र पहिलो भने होइन । किसानले हरेक बर्ष झेल्दै आउनु परेको समस्याको निरन्तरता हो ।

Advertisement

खेत रोप्ने बेलामा युरिया र डिएपी मल दुवै अभावको समस्या खेपेका लुम्बिनी प्रदेश लगायत क्षेत्रका किसान धान गोड्ने बेला हुँदासम्मपनि मल अभावकै समस्या झेल्न बाध्य छन् ।

लाखौं सँख्याका किसान यतिबेला सरकारी अनुदानबाट प्राप्त हुने रासायनिक मल सहज रुपमा पाउने आशमा छन् । किसानहरु मल पाउने आशामा कहिले आँफू आवद्ध सहकारी सँस्थामा धाउने गरेका छन् त कहिले नजिकको कृषि सामाग्री कम्पनी लिमिटेडको कार्यालयमा । खेतमा मल छर्नका लागि किसानको घर घरमा उपलब्ध भैसक्नु पर्ने रासायनिक मल ट्रकमा लोड भएर नेपाल छिरेको छ । भैरहवास्थित कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा आउनु पर्ने मल यतिवेला सडकमैं छन् ।

पुर्वी नवलपरासी, स्याँग्जा जिल्ला लगायत् लुम्बिनी, कर्णाली र सुरदुरपश्चिम प्रदेशका लागि सरकारी अनुदानको रासायानिक मल आउने प्रवेश बिन्दु कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाको गोदाममा यतिवेला अति कम परिमाणमा नगन्य परिमाणमा मात्रै रासायनिक मल छ ।

उक्त कार्यालयकी प्रादेशिक प्रबन्धक सुमन पन्थीले चालु आर्थिक बर्षकालागि सरकारी स्तरबाट मगाइएको पहिलो चरणको अनुदानको रासायनिक मल बल्ल आउने क्रममा रहेको बताइन् । ‘किसानबाट रासायनिक मलको माग निकै उच्च छ तर मागको अनुरुप सरकारी अनुदानमा मगाइएको मल उपलब्ध गराउन सकिने स्थिती भने छैन’ पन्थीले भनिन्, ‘सरकारी अनुदानको रासायनिक मलको माग र आपूर्ति बिचको ग्याप धेरै छ ।’

उनका अनुसार, चालु आर्थिक बर्षका लागि सामान्यतया एक महिना ढिला आउन लागेको पहिलो चरणको रासायनिक मल पुर्वी नवलपरासी, स्याँग्जा जिल्ला लगायत् लुम्बिनी, कर्णाली र सुरदुरपश्चिम प्रदेशका लागि १०–१० हजार मेट्रिक टन युरिया र डिएपी आउने क्रममा छ । यो परिमाणको पहिलो चरणको मल सरकारले टेण्डर गरेपछि पहिलो पटक आउदै गरेको हो ।

यो परिमाण लगत्तै सरकारले भारतसँग जिटुजी अन्र्तगत सम्झौता अन्तर्गत दोस्रो चरणको मल पनि आउनकालागि पाइपलाइनमा छ । दोस्रो चरण अन्तर्गत कम्पनीको भैरहवा प्रादेशिक कार्यालयमा युरिया १० हजार मेट्रिक टन युरिया र ६ हजार मेट्रिक टन डिएपी मल आउने हो । दोस्रो चरणको मल भदौ महिनासम्ममा आइपुग्ने अनुमान छ ।

कम्पनीको भैरहवा प्रादेशिक कार्यालयमा आइपुगेको मललाई संघिय सरकारले निर्धारण गरेका कोटा अनुरुप पुर्वी नवलपरासी, स्याँग्जा जिल्ला लगायत् लुम्बिनी, कर्णाली र सुरदुरपश्चिम प्रदेशका लागि सम्बन्धित निकायमा मल पठाइन्छ । सवै जिल्लामा सरकारी सँस्था मार्फत् किसानलाई मल बितरण गर्ने गरिन्छ ।

जिटुजीको दोस्रो चरणपछि रमल आउने नआउने वा कति परिमाणमा आउने हो ? भन्ने वारेमा अहिले केही थाहा छैन । रासायनिक मलले खचाखच भरिनु पर्ने भैरहवाको प्रादेशिक कम्पनीको गोदाममा यतिवेला २–२ हजार मेट्रिक टन युरिया र डिएपीका साथै २ हजार ७ सय मेट्रिक टन पोटास मल रहेको छ ।

पुर्वी नवलपरासी, स्याँग्जा जिल्ला लगायत् लुम्बिनी, कर्णाली र सुरदुरपश्चिम प्रदेशका लागि कति परिमाणको मल आवश्यक हुन्छ ? वा किसानको माग कति छ ? भन्ने वारेमा आधिकारीक तथ्याकं नभएपनि गत आर्थिक बर्षमा ति क्षेत्रकामा बितरणकालागि सरकारी अनुदानको रासायनिक मल ८५ हजार ३ सय ३३ मेट्रिकटन युरिया, ४१ हजार ९ सय ७५ मेट्रिकटन डिएपी र ५ हजार ९ सय ५७ मेट्रिकटन पोटास मल भैरहवा कार्यालयमा आइपुगेको थियो ।

जबकी, लुम्बिनी प्रदेशमामात्रै रासायनिक मलको माग १ लाख ४२ हजार ४ सय ३२ मेट्रिकटन युरिया, ५६ हजार ५ सय मेट्रिकटन डिएपी र ५० हजार मेट्रिकटन पोटास मलको माग थियो ।
अधिकाँश किसानले धान गोडेपछि युरिया र डिएपी मल मिसाएर छर्ने गर्छन् । सरकारले आयात गरेको मल भारतको कलकत्ता बन्दरगाहा हुँदै ट्रकबाट नेपाल आउने हो ।

कम्पनीकी प्रादेशिक प्रमुख पन्थीले मल आइनपुग्दै विभिन्न निकायबाट उपलब्ध गराइदिनकालागि दवाव आउने गरेको बताइन् । ‘संघिय सरकारले निर्धारण गरेको कोटा अनुरुप बितरण हुने मलकालागि अनाबश्यक दवाब आएर हैरान हुन्छ’ उनले भनिन् ।