‘जनताले यसपालि परिवर्तनका लागि घण्टी रोजिसक्नुभएको छ’


डा.लेखजंग थापा पेसाले न्युरो चिकित्सक हुन् । डेढ दशकबढी चिकित्सक क्षेत्रमा योगदान गरेका उनी राजनीतिमा होमिएका छन् । थिति बसाउने उद्देश्यसति पेसा बदलेका उनीसँग स्पष्ट योजना छन् । यही कारण पनि उनका पक्षमा चुनावी माहोल बढीरहेको रास्वपा नेताहरुको दावी छ । क्षेत्रदेखि केन्द्रसम्म के गर्ने भन्ने योजना बोकेका रुपन्देही क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.थापासँग चुनावी सेरोफेरोमा रहेर पब्लिक कुराले गरेको कुराकानीको सम्पादित अंश ।
यहाँ मतदाता भेटघाट गर्न निरन्तर घरदैलोमा व्यस्त हुनुहुन्छ, कस्ता प्रतिक्रिया पाइराख्नुभएको छ ?
घरदैलोको क्रममा जाँदा मैले मतदाताहरूमा परिवर्तनको ठूलो छटपटी र उत्साह दुवै पाएको छु । वर्षौँदेखि एउटै आश्वासन सुन्दा–सुन्दा थाकेका नागरिकहरूले यसपालि ‘रास्वपा’लाई एउटा आशाको प्रतीकका रूपमा लिनुभएको छ । विशेषगरी सरकारी सेवा लिनका लागि घण्टौँ लाइन बस्नुपर्ने र भ्रष्टाचारको जालोमा फस्नुपर्ने बाध्यताबाट मुक्ति चाहनेहरूले हाम्रो अभियानलाई निकै आत्मियताका साथ स्वागत गरिरहनुभएको छ । मतदाताहरूले अब चाहिँ केही हुन्छ कि भन्ने विश्वासका साथ मलाई आशीर्वाद दिइरहनुभएको छ । रास्वपाप्रति आशा राख्दै घण्टीमा मतदान गर्न आतुर हुनुहुन्छ ।
आम मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई किन मत दिने ? तपाईंहरूका मुख्य योजना के हुन् ?
हामीले केवल सत्ताका लागि होइन, व्यवस्था सुधार्नका लागि राजनीति रोजेका हौँ । हाम्रो मुख्य लक्ष्य भनेको मध्यम वर्गको विस्तार र रोजगारीको सिर्जना गर्नु हो । हामी राज्यका हरेक संयन्त्रलाई दलमुक्त बनाउन चाहन्छौँ र न्याय प्रणालीमा ‘मेरिटोक्रेसी’ अर्थात् योग्यताको कदर गर्ने थिति बसाल्न चाहन्छौँ । ५ देखि १० वर्षभित्र नेपाललाई मध्यम आय भएको मुलुक बनाउने र वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने हाम्रो ठोस संकल्प छ । यसका साथै सरकारी कामकाजमा लाइन बस्नुपर्ने झन्झट हटाएर अनलाइन प्रणाली लागू गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने हाम्रो मुख्य प्रतिबद्धता हो ।
यो क्षेत्रको विकासका लागि तपाईंले उठाएका मुख्य एजेन्डाहरू के–के हुन् ?
रुपन्देही क्षेत्र नं. ३ को सर्वाङ्गीण विकासका लागि मसँग स्पष्ट खाका छ । सबैभन्दा पहिले, म जिल्ला अस्पतालको स्तरोन्नति र प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयनमा लाग्नेछु । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न पहल गर्नु मेरो प्रमुख प्राथमिकता हुनेछ । कृषि क्षेत्रमा ‘एक वडा एक उत्पादन’ को नीति ल्याउने, सितभण्डार निर्माण गर्ने र मल तथा बीउ बिजनको सहज वितरण सुनिश्चित गर्ने योजना छ । साथै, सिद्धार्थ रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानमा परिणत गर्ने र भैरहवाको सेज (निर्यात प्रवद्र्धन केन्द्र) लाई पूर्ण क्षमतामा चलाएर स्थानीय अर्थतन्त्र बलियो बनाउने मेरो लक्ष्य छ । यससँगै अन्य पूर्वाधार विकास मेरा प्राथमिकता हुन् ।
तपाईं एक प्रतिष्ठित चिकित्सक हुनुहुन्छ, स्वास्थ्य क्षेत्रमा कस्तो एजेन्डा छ तपाईंको ?
हो, मैले लामो समय सेतो कोट लगाएर बिरामीको सेवा गरेँ । तर अस्पतालमा बिरामी जाँच्दै गर्दा मैले के महसुस गरेँ भने मान्छे मात्र बिरामी छैन, हाम्रो स्वास्थ्य प्रणाली नै ‘बिरामी’ छ । त्यसैले अब स्टेथोस्कोपले मात्र पुग्दैन, नीति निर्माणको थलोमै पुगेर यसको शल्यक्रिया गर्नुपर्ने आवश्यकता देखेर म राजनीतिमा आएको हुँ ।
मेरो मुख्य एजेन्डा भनेको स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गर्नु हो । म प्रत्येक वडामा ‘डिजिटल हेल्थ रेकर्ड’ सहितको सुविधायुक्त स्वास्थ्य केन्द्र स्थापना लाग्ने छु, जसले गर्दा सामान्य उपचारका लागि पनि ठूला अस्पताल धाउनु पर्ने छैन । हालको झन्झटिलो स्वास्थ्य बीमा प्रणालीलाई पुनर्संरचना गरी औषधि र जटिल शल्यक्रियासमेत समेट्ने गरी प्रभावकारी बनाउनु मेरो प्राथमिकता हो ।
सरकारी अस्पतालमा हुने घण्टौँको लाइन अन्त्य गर्न ‘अनलाइन एप’ बाटै ओपीडी टिकट र रिपोर्ट हेर्न मिल्ने प्रविधि लागू गरिनेछ । साथै, स्वास्थ्यकर्मीहरू विदेशिने क्रम रोक्न अस्पतालको पूर्वाधार सुधार गर्ने र उनीहरूको सेवा–सुविधा तथा कार्यस्थल सुरक्षाको ग्यारेन्टी गर्ने मेरो ठोस संकल्प छ । मेरो लक्ष्य स्पष्ट छ, गरिब भएकै कारण कसैले पनि उपचार नपाएर मर्नु नपरोस् र उपचार गर्दागर्दै कसैको घरखेत लिलाम हुने अवस्थाको अन्त्य होस् ।
युवा पुस्ता राजनीति र दलहरूप्रति निराश देखिन्छ । उनीहरूलाई कसरी आश्वस्त पार्नुहुन्छ ?
युवाहरूको निराशा जायज छ, किनभने पुराना दलहरूले उनीहरूका लागि केवल आश्वासन मात्र बाँडे । हामीले युवाहरूका लागि व्यावसायिक शिक्षा, सीपमूलक तालिम र सुलभ कर्जा सुविधाको योजना ल्याएका छौँ, ताकि उनीहरू स्वदेशमै स्वरोजगार बन्न सकून् । हामी निजी क्षेत्रसँग साझेदारी गरेर रोजगारीका अवसरहरू सिर्जना गर्नेछौँ । युवाहरूलाई राजनीतिमा घृणा होइन, हस्तक्षेप गर्न म आह्वान गर्दछु । योग्यता र क्षमताको कदर हुने प्रणाली हामीले नै बसाल्ने हो, त्यसैले हामीले प्रतिव्यक्ति आम्दानी कम्तीमा ३ हजार डलर पुर्याउने लक्ष्यका साथ युवाहरूको भविष्य सुनिश्चित गर्ने मार्गचित्र कोरेका छौँ ।
यहाँ उम्मेदवारहरूको ताँती छ, मतदाताले तपाईंलाई नै किन मतदान गर्ने र तपाईंको मुख्य प्रतिस्पर्धी को हो ?
मतदाताले मलाई मतदान गर्ने मुख्य कारण भनेको मेरो कार्ययोजना र इमानदारिता हो । म फोहोरलाई मोहोरमा बदल्ने प्रविधि ल्याउनेदेखि लिएर ज्येष्ठ नागरिक र एकल महिलाको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नेसम्मका व्यावहारिक कामहरू गर्न आएको हुँ । म खुला सीमानाको व्यवस्थापन गरेर स्थानीय व्यवसायीलाई संरक्षण गर्ने र सुशासन कायम गर्ने वाचा गर्दछु । जहाँसम्म प्रतिस्पर्धीको कुरा छ, मेरो प्रतिस्पर्धा कुनै व्यक्ति वा पार्टीसँग मात्र होइन, यहाँ जरो गाडेर बसेको भ्रष्टाचार, ढिलासुस्ती र बेथितिसँग हो । म विजय हुनेमा ढुक्क छु किनभने जनताले यसपालि परिवर्तनका लागि घण्टी रोजिसक्नुभएको छ ।
उपेन्द्र देवकोटा सम्झिँदै थापाले भने– ‘बिरामीको मात्र होइन, समाजकै उपचार गर्नुछ’
सीमावर्ती व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन आधुनिक पूर्वाधार अपरिहार्य छ : डा.लेखजंग
रास्वपा उम्मेदवार डा.लेखजंगको बाचाः नमूना विद्यालयदेखि पर्यटकीय डण्डा कोरिडोरसम्म
मतदाताबाट पाएको अपार माया र सद्भावले हौसला बढाएको छः डा.लेखजंग
जनताको आँगनमा मत भन्दा पहिले परिवर्तनको मन भेटिन्छः रास्वपा उम्मेदवार डा.थापा
रास्वपा उम्मेदवार लेखजंगको लक्ष्य- स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार
डा.लेखजंग थापा : जसले बोकेका छन् विकसित र समृद्ध क्षेत्रको अठोट
देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा
पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग








प्रतिकृया दिनुहोस्