September 8, 2026, Tuesday
२०८३ भाद्र २३ मंगलवार

जनताको आँगनमा मत भन्दा पहिले परिवर्तनको मन भेटिन्छः रास्वपा उम्मेदवार डा.थापा

Advertisement

भैरहवा– कसैले दुखेसो पोख्यो कि उनी घोत्लिन्छन् । सर्वसाधरणले आफ्ना समस्याका फाइल खोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापा आफ्नो डायरी निकालेर नीतिगत समस्या टिपोट गर्छन् । भोट माग्न जाँदा बिरामी भेटे भने स्वास्थ्य परामर्श दिन्छन् । सम्भव भए औषधि लेख्छन् । रोग निदान गर्नुपर्ने भए पनि आवश्यक सल्लाह दिएर बिरामीलाई अस्पताल पठाउँछन् ।

Advertisement

यसपटक फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका डा.थापाले घरदैलो र मतदाता भेटघाटलाई केवल मत माग्ने अवसर ठानेका छैनन् । ‘घरदैलोका क्रममा जनताका पीडा, आशा र भरोसासँग प्रत्यक्ष साक्षात्कार गरिरहेको छुँ,’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्, ‘हरेक आँगनमा पुग्दा आमाबुवाको आँखा भिजेको अनि युवाहरुमा आशा र भरोसा टुटिरहेको पाइरहेको छुँ ।’

अरुका कथा–बेथा सुन्दा झन डा.थापा भावुक बन्छन् । चिकित्सा पेशाका अथाह सम्भावना पाखा लगाएर गाउँ घरमा भिँजेका परेला पुछ्न र युवाका आशा र भरोसा दृढ तुल्याउन आफू राजनीतिमा आएको बताउँछन् । त्यसैले अब आश्वासनका पोका भन्दा कामले जवाफ दिने बेला आएको उनले बताए । त्यसैले रुपन्देही–३ का हरेक घरका सपना पूरा नभएसम्म आफ्नो यात्रा नरोकिने उनले जनाए ।

चुनावी यात्राका क्रममा मतदाताको घरदैलोमा पुग्दा कहिलेकाँही आफू निशब्द हुने गरेको उनले उल्लेख गरे । नागरिकको मनमा वर्षौदेखि बाँध बनेर बसेका पीडा छताछुल्ल हुँदा उनीहरु आँशु बर्साउँछन् । त्यस्तो बेला आफू नेता भन्दा पहिले मान्छे बन्ने गरेको उनी सुनाउँछन् । ‘यी आँशु पुछ्ने मात्र होइन, फेरि यस्ता आँशु बगाउन नपर्ने प्रणालीको बिकास गर्न म दृढ संकल्पित छु, त्यो संकल्पबाट कहिल्यैं विचलित हुने छैन’, उनले भने ।

भोट माग्दा घरदैलोमा पुगेपछि उनी प्रचार समाग्री मतदाताको हातमा थमाएर अघि बढ्दैंनन् । एक छिन अडिएर नागरिक कुरा सुनेपछि मात्रै आफ्ना भावना पोख्छन् । यसपालीको चुनावी अवसरलाई उनले समाज अध्ययनको मौका रुपमा सदूपयोग गरिरहेका छन् । त्यसैले झोलामा क्षेत्रको बस्तुस्थिति समेटिएका रेकर्ड बुक राखेका छन् । कुन ठाउँमा कस्तो समस्या छ ? कस्ता मानिस छन् ? कस्तो भूगोल छ ? सबै जानकारी बटुलेर हिंडिरहेका छन् ।

‘जनताको घर आँगनमा पुग्दा मत भन्दा पहिले मन भेटिन्छ,’ डा. थापा भन्छन्, ‘अनि ती मनहरुले परिवर्तन खोजिरहेको आभास हुन्छ ।’ यस्तो उकुसमुकसबाट पनि रुपन्देही–३ का बासिन्दा परिवर्तनको घण्टी बजाउन आतुर रहेको प्रष्ट भइरहेको उनले बताए । ‘घरदैलोका क्रममा मिलेका शुभकामनाले मलाई अझैं दरिलो बनाउँदै लगेका छन्,’ उनले भने ।

रूपन्देही–३ मा मतदाताको राम्रो समर्थन पाइरहेका छौंः रास्वपा

रास्वपा उम्मेदवार लेखजंगको लक्ष्य- स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार

डा.लेखजंग थापा : जसले बोकेका छन् विकसित र समृद्ध क्षेत्रको अठोट

देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा

पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग