मैले गरेको प्रतिबद्धता रुपान्तरणको मार्गचित्र होः डा.लेखजंग


भैरहवा–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.लेखजंग थापाले यतिवेला आँफुले मतदाता समक्ष गरेका प्रतिबद्धता केवल चुनावी नारा मात्र नभई रुपान्तरणको मार्गचित्र भएको बताएका छन् ।
आफ्नो चुनावी प्रचारप्रशार तथा घरदैलो अभियानका क्रममा मतदाताहरूलाई सम्बोधन गर्दै डा.थापाले हुनै नसक्ने खालका महत्वाकाँक्षी चुनावी आश्वासन आँफुले बाँड्दै नहिँड्ने र मतदाता समक्ष बोलेका कुरा गरेर देखाउने दाबी गरे । बिगत एक सातादेखि चुनावी अभियानलाई ससक्त बनाउँदै आएका डा.थापाले बुटवल उपमहानगरपालिकाका विभिन्न वडाहरूमा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
थापाले आइतबार बिहान ८ बजे बुटवल–१४ को कैलाश नगर टोलबाट सुरु गरि वडा नं. १४, १५ र १६ का विभिन्न टोलका मतदाताहरुसमक्ष पुगेर उनले आफ्नो घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रमलाई ब्यापकता दिएका छन् । प्रत्येक टोलमा उनलाई मतदाताले उत्साहजनक रुपमा साथ दिएका छन् ।
स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पुर्वाधार, रोजगारी, उद्योग, व्यापार, पर्यटन, सामाजिक सशक्तिकरण, भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलता, सुशासन लगायत्का बिषयलाइ उनले चुनावी मुद्धामा समेटेका छन् । उनले, जिल्ला अस्पतालको स्तरोन्नति, प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता र सरकारी विद्यालयको गुणस्तर सुधार गरी विपन्न वर्गका बालबालिकाको पहुँच पु¥याउने प्रतिबद्धता मतदाता समक्ष व्यक्त गरेका छन् ।
भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउँदै सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गर्ने र सेवाहरूलाई अनलाइन प्रणालीमा लैजाने प्रतिबद्धता उनको छ । कृषि क्षेत्रको सुधारका लागि वैज्ञानिक नीति, शीत भण्डारको निर्माण र ‘एक वडा एक उत्पादन’ नीतिलाई प्राथमिकता दिइने योजना उनले मतदाता समक्ष सार्वजनिक गरेका छन ।
‘आशा, भरोसा र विश्वास परिवर्तनको’ भन्ने नाराका साथ मतदाताको घर आँगनमा पुगेका थापाले स्थानीयबासीसँग प्रत्यक्ष संवाद र समस्या बुझ्दै फागुन २१ गते हुने मतदानमा ’घण्टी’ चुनाव चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन अपिलपनि गरेका छन ।
‘नागरिकले सुशासनको अभाव भोगिरहेका छन् । जहाँ गयो, त्यहीँ भ्रष्टाचार व्याप्त रहेको दुखेसो छ,’ भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलताको एजेण्डा अघि सारेका थापाले भन्ने गरेका छन, ‘भ्रष्ट्राचार अन्त्य र सुशासन कायम नभएसम्म मुलुक समृद्ध हुँदैंन ।’
जनताको आँगनमा मत भन्दा पहिले परिवर्तनको मन भेटिन्छः रास्वपा उम्मेदवार डा.थापा
रास्वपा उम्मेदवार लेखजंगको लक्ष्य- स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार
डा.लेखजंग थापा : जसले बोकेका छन् विकसित र समृद्ध क्षेत्रको अठोट
देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा
पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग








प्रतिकृया दिनुहोस्