June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

रास्वपा उम्मेदवार लेखजंगको लक्ष्य- स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार

Advertisement

भैरहवा – रास्वपाबाट रुपन्देही–३, का उम्मेदवार न्यूरो चिकित्सक डा.लेखजंग थापाले जिल्लाको समग्र बिकास निर्माणसँगैं विभिन्न विधाका विशेषज्ञ चिकित्सक उत्पादन आफ्नो सपना भएको बताएका छन् । निर्वाचन अभियानका क्रममा मतदाताले दक्ष चिकित्सक भएर पनि किन राजनीतिमा होमिएको हो भनेर प्रश्न र चिन्ता व्यक्त गरिरहेको उनले बताए ।

Advertisement

एउटा कोठामा सिमित भएर बिरामी जाँच्ने भन्दा पनि समाजमा निस्किएर सेवा गर्ने डाक्टरका रुपमा समुदायले चिनेका कारण समग्र मुलुको स्वास्थ्य क्षेत्रको ‘उपचार’का लागि आफू उम्मेदवार बनेको उनले बताए । ‘बिरामी जाँच्ने क्रममा मैले धेरै नीतिगत त्रृटिहरु देखेँ,’ मंगलबार बिहान भैरहवाका पत्रकारसित अन्तरक्रियामा उनले भने, ‘नीतिगत समस्याका कारण बिरामीले भोग्नुपर्ने समस्या हल गर्न पनि उम्मेदवार बनेको हुँ ।’

रोग लागेपछि सम्बन्धित व्यक्ति मात्र होइन उसको परिवार पनि मर्कामा पर्ने गरेको बुझेपछि आफैं एक चोटी नीतिगत तहमा गएर राम्रोसँग सुधार्न सकियो भने कम्तिमा मान्छेले स्वस्थ्य जीवन पाउन सक्छन् भनेर राजनीतिमा आएको उनले प्रस्ट्याए । यदि नीतिगत सुधार गर्न सकियो भने बिरामी र उसका आफन्तले भोग्नु पर्ने मानसिक त्रास हराएर जान्छ भन्ने विश्वास सहित जनता माझ आएको उनले बताए ।

‘रानीतिमा आएर मैले स्वास्थ्य क्षेत्र सुधार्न खोजेको हो,’ पत्रकारको जिज्ञासा हल गर्दै उनले भने, ‘अहिलेसम्मका पहलबाट स्वास्थ्य क्षेत्र सुधार हुन नसकेका कारण मैले रुपन्देही मात्र नभएर समग्र मुलुकको स्वास्थ्य क्षेत्र सुधार्ने लक्ष्य लिएको छुँ ।’ आफूले नीति बनाउने अवसर प्राप्त गरेमा स्वास्थ्य क्षेत्रमा धेरै नै परिवर्तन ल्याउन सक्ने विश्वास सहित चुनावमा होमिएको बताए ।

स्वास्थ्य क्षेत्र सुधारको लक्ष्य पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले ‘प्लेटफर्म’ तयार गरिदिएको उनले बताए । ‘यसबाट आफूमा भएको सीप प्रमाणित गर्ने मौंका मिलेको छ,’ उनले भने, ‘त्यसकारण मैले चिकित्सा पेसा छाडेको होइन, यसलाई झन परिस्कृत गर्न लागि परेको हुँ ।’

लामो चिकित्सा सेवाका क्रममा आफूले विशेषज्ञ चिकित्सक उत्पादन गर्न भूमिका खेलिरहेको उलने जानकारी दिए । ‘डा. लेखजंग थापा पछि अर्को डाक्टर खोइ भनेर प्रश्न गर्ने अवस्था बन्ने छैन,’ उनले भने, ‘त्यसका लागि मैले चिकित्सक उत्पादनमा जोड दिनेछु ।’ हरेक व्यक्तिको स्वास्थ्य विवरण समेटिएको ‘मेडिकल एप’ निर्माण गरेर घरदैलोमै उपचार प्राप्त गर्ने व्यवस्था मिलाउन लागिपरेको उनले बताए ।

डा.लेखजंग थापा : जसले बोकेका छन् विकसित र समृद्ध क्षेत्रको अठोट

देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा

पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग