राजनीतिमार्फत् सेवाका लागि नागरिकसितै हुनेछुः रास्वपा उम्मेदवार खाँन


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–५ का उम्मेदवार तौफिक अहमद खाँनले जनताको सेवा लागि राजनीतिमा होमिएका बताएका छन् । राजनीतिलाई अवसर प्राप्त गर्ने माध्यम बनाइएको उल्लेख गर्दै उनले आफू सधैं जनताको सेवामा लागि पर्ने बताए ।
मुलुक निर्माणका लागि आवश्यक नीति तयार गरिने भएकाले राजनीतिको महत्व रहेको उनले बताए । ‘अवसरका लागि मसित थुप्रै विकल्प थिएँ,’ उनले भने, ‘जनताको सेवा गर्नुपर्छ भनेर राजनीति रोजेको हुँ ।’ तर, निर्वाचन क्षेत्र भन्दा बाहिर बसेर जनताको सेवा नहुने उनले बताए ।
‘सेवा गर्नका लागि नागरिकसित नजिक हुनुपर्छ,’ उनले भने, ‘म सधैं जनतासितै थिएँ, अब पनि रहनेछु ।’ यही संकल्पका साथ बिहीबारबाट रुपन्देही–५, का विभिन्न क्षेत्रमा प्रचारका लागि सम्पर्क कार्यालय स्थापना गरिएको उनले बताए । रास्वपाका नेताहरुले ती कार्यालयको उद्घाटन गरेका थिए ।
‘यी कार्यालय मार्फत जनताका गुनासा सिधैं आफूहरु समक्ष आइपुग्ने छन्,’ उनले भने, ‘गुनासा र अपेक्षा संकलनका लागि कार्यकर्ता खटाइने छ ।’ उनले पटक–पटक अवसर लिने, राजनीतिलाई कमाई खाने माध्यम बनाउने नेताकै कारण मुलुकको अवस्था सही नभएको जनाए । राजनीति गरेर भ्रष्टाचार गर्नेहरुलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिँदै खाँनले आफूले त्यसतर्फ ध्यान दिने बताए ।
उनले आफू विशुद्ध सेवा भावले राजनीतिमा आएको र क्षेत्रबासीको साथले आफू उत्साहित रहेने सुनाए । युवा उम्मेदवार खाँनले रुपन्देही–५ को दक्षिण भारतीय सीमादेखि उत्तरमा पूर्वपश्चिम राजमार्गसम्म प्रचार र घरदैलोलाई तिब्रता दिएका छन् ।
महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना
रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’








प्रतिकृया दिनुहोस्