June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

महिला र पिछडिएको वर्गका लागि ‘उद्यमी पाठशाला’ संचालन गर्ने तौफिकको योजना

Advertisement

लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार तौफिक अहमद खाँनले महिला र पिछडिएका वर्गको उत्थान जरुरी रहेको बताएका छन् । उनले भूईं तहका नागरिक आत्मनिर्भर नहुँदासम्म समृद्धिको नारा सफल हुन नसक्ने आफ्नो निचोड रहेको बताए ।

Advertisement

क्षेत्रका विभिन्न ठाउँमा आयोजित कार्यक्रम तथा मतदाता भेटघाटमा बोल्दै खाँनले शिक्षा र गरिबीले पछाडी परेको समुदायलाई अगाडि बढाउन महिला तथा पिछडिएको वर्ग लक्षित उत्थानका कार्यक्रमहरु संचालन गर्न आफूले पहलकदमी गर्ने जनाए ।

रास्वपा उम्मेदवार खाँनले यसका लागि आफूले ‘उद्यमी पाठशाला’को योजना अगाडि बढाएको बताए । ‘यो योजना विशुद्ध महिला र पिछडिएका वर्गको उत्थान र स्वरोजगार बनाउन केन्द्रित हुनेछ’, उनले भने, ‘पाठशालामा सीप सिकाएपछि उनीहरुको क्षमता अनुसार उत्पादनमा केन्द्रित गरिनेछ ।’

उनले आयआर्जन समूह बनाई यसमा निरन्तर काम गरिने जनाए । ‘गृहणी महिलाहरूलाई फुर्सदको समयमा अगरबत्ती, मैनबत्ती, साबुन र ढकिया बुन्ने जस्ता सीप सिकाई घरमै बसेर आम्दानी गर्ने वातावरण बनाइनेछ’, उनले भने, ‘यस्ता सीपले महिलाहरु आर्थिक रुपमा पनि बलिया हुनुहुन्छ, पिछडिएको समुदायलाई मजदूरी गर्न पर्दैन । आफ्नै उत्पादनको बजारीकरण गरेमात्रै पुग्छ ।’

उनले महिला समूह तथा महिलाहरु र पिछडिएका वर्गले उत्पादन गरेका सामानहरू सरकारले तोकेको ‘कोसेली घर’ मार्फत् बिक्री गर्ने व्यवस्था मिलाइने जनाए । ‘हाम्रो क्षेत्रमा लुम्बिनी छ, यदि पर्यटक लक्षित उत्पादन गर्यौं भने लुम्बिनी आउने पर्यटकले मात्रै खरिद गरे पनि क्षेत्रका बासिन्दाहरुको उत्पादनले बजार पाउँछ’, उनले भने, ‘यसबाहेक भैरहवा, बुटवल, काठमाडौं लगायतका बजारहरुमा पनि बजारीकरण गर्न मैले पहल गर्नेछु ।’

रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’

तौफिकको योजनाः ‘स्वस्थ क्षेत्र नम्बर ५, खुसी नागरिक’ अभियान

कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना

चुनावी रफ्तार बढाउँदै उम्मेदवार