June 11, 2026, Thursday
२०८३ जेष्ठ २८ बिहीबार

झाँक्रीको कटाक्ष– मूर्खदेखि दैव डराउँछ भन्थे, हो रहेछ

Advertisement

भैरहवा– पूर्वमन्त्री तथा नेकपा(एमाले)का राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कार्यशैलीप्रति कटाक्ष गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकबाट झाँक्रीले प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यशैलीप्रति कटाक्ष गरेकी हुन् ।

Advertisement

जेठ १७ गते संसदमा प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिले सबैलाई लज्जाबोध गरेको भन्दै उनले त्यसकै कारण संसद चल्न नसकेको स्पष्ट पारेकी छिन् । यसैबेला अर्थमन्त्रीले संसदमा पेस गरेको भन्दा फरक करका दर रेटहरू कार्यान्वयनमा लानु, भित्री सूचना चाहाएर अर्बौँको राजश्व छलीका कारण केही व्यक्तिले लाम लिने अवस्था सिर्जना भएको झाँक्रीको आरोप छ ।

यी र यस्ता विषयले संसदमा पर्याप्त प्रवेश पाउनुपर्ने थियो। तर त्यसो पनि हुन सकेको छैन। हामीलाई जनताको डर छ, यस्ता कुकर्मलाई अनदेखा गरे जस्तो भएको छ। अब हामी संसदको प्रभावकारिताको लागि हाम्रा विरोध र असहमतिका तरिका फेर्नुपर्नेछ, अब फेरौँ । ‘मूर्ख देखि दैव डराउँछ’ भन्थे हो रहेछ। नेपाली उखान चरितार्थ भएको छ’, उनले लेखेकी छिन् ।