July 25, 2026, Saturday
२०८३ श्रावण १० आईतवार

लुम्बिनी

रूपन्देहीमा मुलुककै पहिलो अक्सिजन प्लान्ट बन्दै, प्रधानमन्त्रीले गरे भर्चुअल शिलान्यास

रूपन्देहीमा मुलुककै पहिलो अक्सिजन प्लान्ट बन्दै, प्रधानमन्त्रीले गरे भर्चुअल शिलान्यास

भैरहवा– रुपन्देहीमा अक्सिजन प्लान्ट निर्माण सुरु भएको छ । जिल्लाको सिमरहवामा प्लान्ट निर्माण सुरु भएको हो । मुलुककै पहिलो लिक्विड अक्सिजन प्लान्ट बनेपछि प्रतिदिन ६० मेट्रिक टन अक्सिजन उत्पादन हुने बताइएको छ । सरकारी अधिकारीका अनुसार यसबाट सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिने छ । सिमरहवामा उद्योगी शंकर अग्रवालको लगानीमा प्लान्ट बनाउन लागिएको हो…

बाँकेमा कोरोनाबाट थप पाँचको मृत्यु

बाँकेमा कोरोनाबाट थप पाँचको मृत्यु

बाँके– कोरोना संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । मृतक बाँके, बर्दिया, दाङ, सल्यान, बैतडीका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार बैतडी पुर्चाैडी नगरपालिका–८ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १५ गते पीसीआर गरिएका उनलाई २५ गते भेरीमा भर्ना गरिएको…

  • विवादमा लुम्बिनी गुरुयोजनाको बोलपत्र, मिलेमतोको आरोप

    विवादमा लुम्बिनी गुरुयोजनाको बोलपत्र, मिलेमतोको आरोप

    लुम्बिनी- गुरुयोजनाअन्तर्गतका केही बाँकी काम निर्माण गर्न भन्दै लुम्बिनी विकास कोषले प्रकाशन गरेको करिब साढे तीन अर्ब रुपैयाँ बराबरको बोलपत्र विवादित बनेको छ । कोषले यही जेठ १० गते गुरुयोजनाअन्तर्गत सडक, ढल, बिजुलीलगायत विभिन्न निर्माण कार्य गर्न बोलपत्र आह्वान गरेको थियो ।...

  • लुम्बिनी प्रदेशसम्म आइपुग्यो मनसुन

    लुम्बिनी प्रदेशसम्म आइपुग्यो मनसुन

    देशभरको मौसम आइतबार सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म मनसुनी वायुको प्रभाव रहेको छ । बाँकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको...

  • लमहीमा सवारी तोडफोड गर्ने दुईजना पक्राउ

    लमहीमा सवारी तोडफोड गर्ने दुईजना पक्राउ

    लमही– दाङमा पार्किङ गरेर राखेका सवारीसाधन तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। सिसीटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं. ५, रातोडाँडा निवासी २६ वर्षीय रोषण भेट्वाल र लमही नगरपालिका वडा...

  • प्यूठानमा कार दुर्घटना हुँदा एकको मृत्यु

    प्यूठानमा कार दुर्घटना हुँदा एकको मृत्यु

    प्यूठान– वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा प्युठानमा एक सरकारी गाडी दुर्घटनामा परेको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय प्युठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ स्थित मल्लरानी नजिकै दुर्घटनाग्रस्त हुँदा १ जनाको ज्यान गएको छ। खलंगाबाट मल्लरानीमा...

  • निषेधाज्ञाबीच किसानलाई रोपाइँको चटारो

    निषेधाज्ञाबीच किसानलाई रोपाइँको चटारो

    सियारी (रुपन्देही)– सियारी गाउँपालिकाका बुचनु लोहार रोपाइँमा व्यस्त छन् । ५ कठ्ठा खेत छ, उनको । रोपाइँ अन्तिम चरणमा पुगेको उनले बताए । ‘यस वर्ष समयमै पानी पर्यो, पानी प्रशस्त भएपछि चाँडै नै काम सकौं भनेर रापाइँ गरेका हौं’, शुक्रबार...

  • लुम्बिनी सरकारद्वारा पत्रकारको घाँटीमा तरबार राख्ने प्रयास

    लुम्बिनी सरकारद्वारा पत्रकारको घाँटीमा तरबार राख्ने प्रयास

    भैरहवा– संघ सरकारकै ढर्रा भन्दा पनि निमर्म बनेर लुम्बिनी प्रदेश सरकारले संचार माध्यमको नियमनका लागि भन्दै संचार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तयार गरेको छ । मस्यौदामा पत्रकारलाई दण्ड जरिवानाको व्यवस्था मात्रै गरिएको छैन, मन्त्रीलाई नै मिडिया काउन्सिलको अध्यक्ष...

  • बबई सिंचाई आयोजना ३२ वर्षदेखि अधुरै

    बबई सिंचाई आयोजना ३२ वर्षदेखि अधुरै

    भैरहवा– ठेकेदार कम्पनीको ढिलासुस्तीले बबई सिंचाई आयोजना ढिलाई भएको छ । कामले तीव्रता नपाउँदा आयोजना अधुरो छ । यसले गर्दा शाखा, उपशाखा नहर र तटबन्धको काम पूरा नहुने भएको छ । बर्दियामा ३२ वर्षअघि बबई सिंचाई आयोजना सुरु भएको हो...