बाँकेमा कोरोनाबाट थप पाँचको मृत्यु


बाँके– कोरोना संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । मृतक बाँके, बर्दिया, दाङ, सल्यान, बैतडीका हुन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार बैतडी पुर्चाैडी नगरपालिका–८ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । जेठ १५ गते पीसीआर गरिएका उनलाई २५ गते भेरीमा भर्ना गरिएको थियो ।
सल्यान कालिमाटी गाउँपालिका–२ का ४६ वर्षीय पुरुषको पनि भेरीमै मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएका उनलाई २३ गते भर्ना गरिएको थियो । बर्दिया राजापुर नगरपालिका–१ का ४९ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ ९ गते पीसीआर गरिएका उनलाई १० गते भर्ना गरिएको थियो ।
बाँके बैजनाथ गाउँपालिका–५ का ६७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । जेठ १ गते पीसीआर गरिएका उनलाई ५ गते भर्ना गरिएको थियो । दाङ लमही नगरपालिका–१ का ३२ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । जेठ २० गते पीसीआर गरिएका उनलाई २५ गते भर्ना गरिएको थियो ।
प्रतिकृया दिनुहोस्