August 14, 2026, Friday
२०८३ श्रावण २९ शुक्रबार

प्रहरीको घुमुवा भन्दै पैसा उठाउने पक्राउ

Advertisement

भैरहवा–आफूलाई सादा पोशाकको प्रहरी (घुमुवा) बताउँदैं पैसा उठाउन संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । घुमुवा प्रहरी भन्दै नक्कली रिभल्वर देखाएर सर्वसाधारणसित रकम मागेको आरोपमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३, शान्तिनगरबाट एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार शुक्रबार साँझ पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–,१३ घर भई अहिले ओमसतिया–४, बालापुरमा कोठा भाडामा लिएर बसिरहेका ४९ वर्षीय राकेश प्रताप राणा रहेका छन् । साउन ८ गते साँझ साढे ७ बजे भैरहवा बजार क्षेत्रमा राणाले आफू जिल्ला प्रहरी कार्यालयकोे घुमुवा हुँ भन्दै पेस्तोल देखाएर सर्वसाधारणसँग १० हजार रुपैयाँ मागिरहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको थियो ।

सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको थियो । उनको शरीर तथा डेरा कोठा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको नक्कली रिभल्वर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, लागू औषध गाँजा ५ सय ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान तथा नेपाली नगद २ हजार ६ सय बरामद गरि बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद सामग्री जिल्ला प्रहरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले बताए ।