June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

साहित्य

कविता : मेरो जीवनको पहेली

कविता : मेरो जीवनको पहेली

सुर्केमा हरेक दिन बिहानै रुखका टुप्पा छुँदै म्याङ्लुङ बजारतिरबाट घाम छिर्थे र बेलुकी तीनजुरे काटेर अस्ताउँथे । घामको झुल्को मूलढोकाबाट छिरेर चुलाको भर्सेलीसम्म पुग्थ्यो । अस्ताउँदो घाम बिस्तारै पहेलिँदै लामा लामा छायाँ फालेर बिदा हुन्थ्यो । घडी थिएनन्, त्यसैले घामको खटन खुब चल्थ्यो । सधैँ झुल्किने घाम हेरेर किसान खेतबारीतिर जान्थेगोठाला गाईबाख्रा लिएर वनतिर लाग्थे म भाग्यमानी हुन पुगेछु हिँड्न सक्ने हुँदा नहुँदा पाठशाला जान…

एक पतिकी द्रौपदी

एक पतिकी द्रौपदी

अस्ति मात्रको कुरा हो । शयनकक्षमा उनले मलाई आफ्नो मन खोलेर देखाएका थिए । “पिताको अवसानपछि भाइहरूका लागि बाउको जिम्मेवारी बोकेर हिँड्दाहिँड्दा थाकेको छु । अब तिमीलाई जिम्मा लगाएँ । मलाई खुसी देख्न चाहने हो भने मेरी आमा र भाइहरूलाई खुसी पार ।” तकियामुनिबाट केही वस्तु निकालेर हातले माड्दै उनी पलेँटी कसेर बसे । मध्यरातमा…

  • घृणा

    घृणा

    अरूको नजरमा ऊ रहस्यमय व्यक्ति थियो । अरबको तातो मरुभूमिमा रहेको एक सय पचासजना बस्ने क्याम्पमा ऊ अरूभन्दा अलग देखिन्थ्यो । त्यस क्याम्पमा कामदार बस्छन् कि राजनीतिक पार्टीका कार्यकर्ता छुट्ट्याउन कठिन थियो । हरेक व्यक्ति कुनै न कुनै पद लिएर...

  • बुद्धको न्याय

    बुद्धको न्याय

    श्रावस्ती नगरको छिमेकी गाउँमा दिनदिनै केटाकेटीहरु हराउन थाले । गाउँमा त्रास फैलियो । नजिकैको जङ्गलबाट एउटी दुष्ट यक्षणी आएर गाउँका बच्चा लैजाने गरेको गाउँलेहरुले थाहा पाए । यक्षणीबाट मुक्ति पाउन गाउँलेहरु बुद्धको शरणमा गए । त्यसबेला गौतम बुद्ध वर्षाकालीन आवासका...

  • कविता : एघार गद्दार

    कविता : एघार गद्दार

    एउटा गद्दारत्यो गल्लीछेउकोअग्लो घरकोछायाकक्षमा बस्छदोस्रो गद्दारसाप्ताहिक सयर गर्नसबडीगार्ड गएको छ नागार्जुन डाँडातेस्रो गद्दारकफी हाउसमा कुनै अपरिचित अनुहारकोव्यग्र प्रतीक्षामा छचौथो गद्दारहृदय चेकअपका लागि गएको छ प्रेमिकासहितसिंगापुरमापाँचौँ गद्दारहेभी लन्चपछिमोबाइलमा कसैसितलामै कुरा गरिरहेको छछैटौँ गद्दारमुख्य अतिथि भईभाग लिन गएको छधर्मसभामासातौँ गद्दारगोप्य आसनमा बह्ममुहूर्तदेखि नै ध्यानस्थ रहेको छआठौँ गद्दारफर्किएको...

  • व्यंग्य : क्रान्तिकारीको कथा

    व्यंग्य : क्रान्तिकारीको कथा

    ‘क्रान्तिकारी’ उसले आफ्नो उपनाम नै राखेको थियो ! पढे–लेखेको युवक । स्वस्थ्य र सुन्दर । नोकरी पनि राम्रो । तर, विद्रोही ! मार्क्स–लेनिनको उदाहरण दिन्थ्यो । चे ग्वेवाराको खास भक्त ! कफी हाउसमा धेरै समयसम्म बस्थ्यो । खुबै कुरा गर्थ्यो...

  • पुस्तक अंश: सेन्स, कमनसेन्स, ननसेन्स

    पुस्तक अंश: सेन्स, कमनसेन्स, ननसेन्स

    आफूले कुनै रचना प्रकाशनार्थ प्रस्तुत गर्नुअघि सम्बद्ध स्रष्टाले त्यसको सम्पूर्ण अंश दोहोर्याई–तेहेर्याई राम्ररी हेरेर र त्यसलाई प्रकाशनयोग्य पारी मात्र पठाउनु राम्रो हो, तर त्यसो गर्न आफ्नो सानको बर्खिलाप ठान्ने लेखकहरू हामीकहाँ प्रशस्त छन् । उनीहरू कुन कुरामा ढुक्क रहन्छन् भने...

  • भन्-भन्-भनन्न

    भन्-भन्-भनन्न

    इन्टरभ्यु स्पेसलिस्ट मि. झप्पु सिं, डबल एम्.ए.ले बल्छी थापेका थिए । चिनीको बल्छी, कोठाभरि छरिएको थियो । उनलाई माछो होइन, जम्मा एउटा माखो समाउनु थियो । छरिएको चिनीलाई हूलका हूल झिँगाले छोपेको हुँदा भुइँभरि कालो र सेतो रङको विचित्र विरोधाभास...

  • लघुकथा : प्रतीक्षा

    लघुकथा : प्रतीक्षा

    त्यो दिन, उनी कलिलो घाममा घामभन्दा कलिलो नाबालक छोरालाई तोरीको तेल लगाइदिँदै थिइन् । तालुमा, आँङमा, पाखुरामा, तिघ्रामा, पिडौलामा । द्वारपाल आयो र अदबसाथ झुकेर खबर दियो, “हजुर, बाहिर ढोकामा एउटा भिक्षु कटोरा लिएर माग्न आएको छ !” छोरो हेरेरै...