कथाः प्रति–स्वत्व
यो साँझ उस्तै भइरहेन । आजभन्दा पहिलेका साँझहरू सामान्य बितेका हुन् । यो पनि हैन कि यो साँझ असामान्य थियो । सामान्य र असामान्यबीचको भेद के हो ? यो प्रश्नले मलाई सताइरहन्छ । यो साँझ अलिक फरक घटना भयो ।...
-पोषण पाण्डे सविता उफ्रँदै–उफ्रँदै आई र शान्तिलाई भनी, “दिदी, ए दिदी ! भिनाजुले भन्या सिनेमा हेर्न जाने रे ?” “जान्न भन्दे जा,” शान्तिले सानो स्वर तर आवाजमा कठोरपना ल्याएर जवाफ दिइन् । सविता एक छिन अबोध चेहरा लिएर उभी, उभिरही । उसलाई लाग्यो, उसकी दिदी कस्ती नीरस छिन् ! रसरंगको कुरापट्टि पटक्कै चाख लिन्नन् ।…
ट्राफिक जाममा परे सञ्जय आचार्य । उनको कार एउटा ट्याक्सीको ठीक पछाडिपट्टि खडा थियो । उनको दृष्टि ट्याक्सीको सिसामा पर्यो । त्यहाँ लेखिएको थियो— म यो जिन्दगीमा किन आएँ ? एकसरो कात्रोका लागि म मिहिनेत गर्दै छु । टयाक्सी पछिल्तिर लेखिएका यी शब्दलहर सञ्जयलाई निकै घत पर्यो । जाम खुलेर अलिक अगाडि पुगेपछि सञ्जयले ट्याक्सी चालकलाई…
ती अबोध निर्दोष आँखाहरू बगैँचामा रङ्गीबिरङ्गी पुतलीझैँ फिर्रफिर्र डुल्दै छन् । ती निश्चल पवित्र मन चराझैँ खुला आकाशमा फुर्रफुर्र उडान भर्दै छन् । मिर्मिरेको उज्यालोमा गुलाफका पत्रहरूझैँ ती कलिला मुनाहरू फक्रिँदै छन् सुस्तरी–सुस्तरी । तर आज दिउँसै आँखाहरूबाट चञ्चलता यसरी अदृश्य भए सबैको माझबाट, जसरी फूलबाट सुगन्ध । निलो स्वच्छ आकाश कालो देखियो एकाएक र…
यो साँझ उस्तै भइरहेन । आजभन्दा पहिलेका साँझहरू सामान्य बितेका हुन् । यो पनि हैन कि यो साँझ असामान्य थियो । सामान्य र असामान्यबीचको भेद के हो ? यो प्रश्नले मलाई सताइरहन्छ । यो साँझ अलिक फरक घटना भयो ।...
केबुलकारको बट्टा डोरीमा झुल्दैझुल्दै हावामा घस्रिंदै छ । बट्टाभित्र म छु ऊ छ र अरू कोही छैन । यतिखेर केबुलकारमा बम पड्काउने हल्ला बढी फिँजिएको हुँदा मानिसको घुइँचो एकदमै घटेको छ । पूरै वातावरणमा त्रासको तीखो तेजाब र आतङ्कको कडा...
घामले झुल्किन समय लगायो त्यही विलम्बमा टेकेर एउटा कथा रचना गरियो जहाँ जीवन सबैसँग थियो तर जीवित बन्ने अभ्यास अधुरो थियो । त्यो कथामा एक पात्र थियो जो भीडजस्तो देखिन्थ्यो तर भीड थिएन । उसले मृत्यु देखेन तर मृत्युलाई काँधमा...
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका ट्वाँके दाइले अनेक उपाय लगाएर लामो समयपछि सर्वोच्चबाट भ्रष्टाचार मुद्धामा सफाइ पाए । सफाइ सँगसँगै खरदारबाट सुब्बामा बढुवा भए । निलम्बनमा परेदेखिको सबै तलबभत्ता एकमुष्ट पाए । अनि उनको पदस्थापन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भयो...
भैरहवा–नेपाली नारी साहित्यकारको अवस्थाका वारेमा केन्द्रित रहेर शनिवार भैरहवामा ‘बुद्धको आँगनमा गुञ्जन साहित्य उत्सव २०८२’ सम्पन्न भएको छ । गुञ्जन नारी साहित्यिक समाज काठमाडौंको आयोजना, शहीद स्मृति पुस्तकालय भैरहवाको सहआयोजना र सिर्जनशील साहित्यिक समाज रुपन्देहीको सहकार्यमा भएको उक्त कार्यक्रममा नेपाली...
युवती आफ्नो चालले आफैँ विभोर भएर हिँडिरहेकी थिई । हिँड्दाहिँड्दै उसलाई लागिरहेको थियो कि उसको आफ्नै अनुहारको छाया एकदम गालासित टाँस्स्एिर, एकदम टाँस्सिएर हिँडिरहेछ । एकछिनपछि युवतीले फर्केर हेरी जरसाहेबको बैठके ऊभन्दा अलि पर पछिल्तिर चुरोट तान्दै आइरहेको थियो ।...
ऊसँग भेट्नुअघि नै मैले उसलाई भेटेको छु । लाग्छ, ऊ मैले भविष्यमा लेख्ने कथाबाट निस्किएर मलाई भेट्न आएकी छ वा विगतमै लेखेको कथामा सिर्जित ऊ मलाई खोज्दै आएकी छ वा यो कुनै नयाँ कथा हो ? वान्स अपन अ टाइम...


