बुद्धको आँगनमा गुञ्जन साहित्य उत्सव


भैरहवा–नेपाली नारी साहित्यकारको अवस्थाका वारेमा केन्द्रित रहेर शनिवार भैरहवामा ‘बुद्धको आँगनमा गुञ्जन साहित्य उत्सव २०८२’ सम्पन्न भएको छ ।
गुञ्जन नारी साहित्यिक समाज काठमाडौंको आयोजना, शहीद स्मृति पुस्तकालय भैरहवाको सहआयोजना र सिर्जनशील साहित्यिक समाज रुपन्देहीको सहकार्यमा भएको उक्त कार्यक्रममा नेपाली भाषा साहित्यको क्षेत्रमा नारीको भूमिका बारे दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
बरिष्ठ नारी साहित्यकार जलेश्वरी श्रेष्ठ, भागिरथी श्रेष्ठ, इल्या भट्राइ, हिरण्य कुमारी पाठक, डा.गार्गी शर्मा, डा.शसी थापा पण्डित, सिर्जना शर्मा, बिन्दु सुवेदी, प्रभा बराल, उमा सुवेदी, ललिता जोशी, इन्दिरा दिक्षीत, रिता खत्री, रश्मी रिमाल, कबिता रिजाल लगायत्ले अ–आफ्नो साहित्यिक कृती बाचन गरेका थिए । भैरहवाकी नारी साहित्यकार कबिता पन्थीले रूपन्देहीमा नारी साहित्यकारहरुका वारेमा अवधारणा पत्र प्रस्तुत गरेकी थिइन् ।
प्रमुख अतिथीको रुपमा बोल्दै बरिष्ठ नारी साहित्यकार तथा गुञ्जन नारी साहित्यिक समाज काठमाडौंकी अध्यक्ष जलेश्वरी श्रेष्ठले नेपाली समाज रुपान्तरणमा नेपालका नारी साहित्यकारहरुको पनि ठूलो भूमिका रहेको बताइन् । ‘नेपाली नारीले बर्षौंदेखी भोग्दै आउनु परेको विभेद, तिरष्कार, अन्याय र पीडाका वारेमा साहित्यको माध्यमबाट नेपाली नारी साहित्यकारहरुले बिरोध गर्दै आएका छन्’ उनले भनिन् ।
सिर्जनशील साहित्यिक समाज रुपन्देहीकी सभापती सरु ज्ञवालीले महिलाहरुले भोग्नु परेको आफ्नो र समाजको कथा व्यथाका वारेमा कलम मार्फत् पोख्ने माध्यम साहित्य बनेको बताइन् ।
बरिष्ठ साहित्यकार बिजय सागरले नेपाली नारी साहित्यको उत्थान र नेपाली भाषा साहित्यमा नेपाली नारी स्रस्टाको भूमिकालाई उजागर गर्ने उद्येश्यले बुद्धको आँगनमा गुञ्जन साहित्य उत्सव कार्यक्रमको आयोजना गरिएको बताए ।
अर्का बरिष्ठ साहित्यकार बनमाली निराकरले भैरहवामा गरिएको बुद्धको आँगनमा गुञ्जन साहित्य उत्सवको माहौलबाट काठमाडौं र भैरहवा क्षेत्रका साहित्यकारहरु बिचको सम्बन्धमा पुलको काम गरेको बताए ।








प्रतिकृया दिनुहोस्