रूपन्देही–२ मा चुन्न पौडेलको विकल्प छैनः रूपन्देहीका बुद्धीजीवी


भैरहवा– रुपन्देही क्षेत्र नम्बर २ का बुद्धीजिवीले यसपटक नेपाली कांग्रेस उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलको विकल्प नरहेको बताएका छन् । यसअघि आफ्नै उम्मेदवार नहुँदा पटकपटक अरु दललाई भोट हाल्नु पर्ने पीडाबाट गुज्रिनुपरेको सुनाउँदैं उनीहरुले कांग्रेसका सक्षम र योग्य उम्मेदवारलाई बिजय गराउन आफूहरु एकजुट रहेको बताए ।
यसपटक सस्तो लोकप्रियताको नारा र राज्यको ढुकुटी खर्च गरेर निर्माण भएका योजना देखाएर जनतालाई ‘उल्लु’ बनाउने काम भइरहेको उल्लेख गर्दै उनीहरुले त्यस्ता भ्रमणबाट मुक्त भएर कांग्रेस उम्मेदवारलाई जिताउनु पर्ने बताए । चिकित्सक कृष्ण खरेलले बिगतमा कहिले कुन, कहिले कुन चिन्हमा भोट हाल्नु परेको क्षणलाई तितो सम्झनाका रुपमा लिए । २०७९ मा कांग्रेसको उम्मेदवार नहुँदा आफूले एमालेका उम्मेदवारलाई भोट हालेको सुुनाउँदैं यसपटक एमाले कार्यकर्ताले कांग्रेसले लगाएको गुन तिर्न पनि चुन्न पौडेललाई मतदान गर्नुपर्ने बताए ।
‘यसपटक कांग्रेसी मात्र होइन, अन्य दलका समर्थक पनि भ्रममा पर्नु हुँदैंन,’ उनले भने, ‘हामी सबैले दिनरात खटिएर भए पनि चुन्न पौडेललाई जिताउनु पर्छ, हामीले रुख चिन्हमा भोट हाल्ने यो अवसर गुमाउनु हुँदैंन । सम्पूर्ण बुद्धिजीवि साथीहरुले यसपटक कांग्रेस जिताउन भूमिका खेल्नु पर्छ । तयार रहनुस् ।’
इन्जिनियर अमृत ज्ञवालीले कांग्रेस बदलिएको बारेमा अब कसैले द्विविधा राख्न नहुने बताए । नेपाली कांग्रेस पार्टीसँगैं सबै कार्यकर्ता र आम सर्वसाधरण पनि बदिलिन जरुरी रहेको उनले बताए । अहिले लोकप्रियता बादको हल्लाले धेरै मतदाता द्विविधामा रहेको उल्लेख गर्दै उनले भने, ‘मुलुकमा सुधारिएको कांग्रेस पार्टी र उसको नीति हो । अरु दलसित मुलुक बाउने एजेण्डै छैन । हाहा र हुँहुँको भरमा कसैको पछाडि लागेर अन्त मतदान नगर्नुहोला ।’
रुपन्देही २ का बासिन्दासित उनले एमाले उम्मेदवार बिष्णु पौडेलसित कुन स्वार्थले बुटवलबाट राजधानी सारिएको हो भनेर प्रश्न गर्न अनुरोध गरे । यत्तिको व्यवस्थित ठाउँमा रहेको राजनीतिक कसको इशारा र स्वार्थमा सारिएको हो भनेर जवाफ माग्न उनले आम मतदातासित अनुरोध गरेका हुन् । साथै रास्वपा उम्मेदवार सुलभ खरेललाई पनि बिदेशबाट कानुनको डिग्री हाँसिल गरेर नेपालको न्यायलय जलाउन आउनु भएको हो ? भनेर सोध्न आग्रह गरे ।
‘कानुन विषय पढेको मान्छेले सर्वोच्च अदालत जलाउने कार्यको नेतृत्व किन गर्नु पर्यो,’ ज्ञवालीले भने, ‘अब सबैं नागरिकले खरेल जीसित यो प्रश्न सोध्नुस् ।’ प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेपाली काँग्रेसले रुपन्देही क्षेत्र नं. २ को बुटवलमा बुद्धिजीवीसँग गरेको छलफल कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले काँग्रेसले मात्रै देशको भविश्यको मार्गचित्र कोरेको बताउँदै नयाँका नाममा आएका दलको आयु लामो नरहेको बताएका छन् ।
‘आसन्न प्रतिनिधि सभा निर्वाचन देश बचाउने की सक्काउने बीच भइरहेको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा देशलाई जिम्मेवारीका साथमा जोगाउनु पर्नेछ, त्यसका लागि काँग्रेसको विकल्प छैन ।’ काँग्रेस जिम्मेवार लोकतान्त्रिक राजनीतिक पार्टी भएकाले जेन–जीसहित सबै जनताको आदेशलाई शिरोधार्य गरेर अघि बढेको उनको भनाई छ ।
सामाजिक सञ्जालका कुरा तथ्यपरक नहुने भएकाले त्यसलाइ जस्ताको तस्तै पत्याउन नहुने उनले धारणा राखे । ‘अहिले चलेको हावाको कुनै भविश्य छैन, शरीरभरी दागै दाग र मुदैमुद्धा बोकेका मान्छेले सुशासनका कुरा गरेर चिच्चाउनुको अर्थ रहँदैन,’ उनले भने, ‘बाटोमा देखिने भीड र सामाजिक सञ्जालमा पोखिने आक्रोश र मतपत्रमा लगाइने छापमा धेरै फरक हुन्छ, यसपटक देश गम्भिरतापूर्वक सोचेर रुखमा मत दिनुपर्छ ।’
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, रामबहादुर कार्की, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, रुपन्देही–२ का उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल, समानुपातिक उम्मेदवार रिता सेन, गंगा शाही, प्रदेश कोषाध्यक्ष प्रकाश राना, रुपन्देही सभापति रामकृष्ण खाँण, युवा नेता अमृत ज्ञवाली, नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरी, बुद्धिजीवी परिचालन समिति संयोजक डा. बुद्धबहादुर थापा, भोजबहादुर केसी लगायतले बोल्दै बदलिएको सन्देशसहित काँग्रेस घरघरमा पुगेर जनतालाइ जगाउनुपर्ने बताए ।
बुटवल बुझेका पौडेल, जसले राजनीतिलाई सेवामा समर्पित गर्न खोजिरहेका छन्
मुलुकमा कृषि क्रान्तिका लागि अर्थतन्त्र सुधारमा कांग्रेस उम्मेदवार पौडेलको जोड
रूपन्देही-२ मा चार पक्षीय टक्कर, विष्णु पौडेल बन्न सक्छन् रक्षात्मक








प्रतिकृया दिनुहोस्