July 29, 2026, Wednesday
२०८३ श्रावण १३ बुधबार

यौनकथा: तिमीले कति अङ्क पायौ ?

Advertisement

टिङडिङ.. ढोकाको घण्टी बज्यो । गोपाल ढोकातर्फ लम्कियो । ढोका खोल्नु अगाडि आफ्नो कपाल मिलायो । टिसर्टको कलर ठीक गर्‍यो । एक पटक सरसरती आफूलाई नियाल्यो र ढुक्क हुँदै ढोका खोलिदियो ।

Advertisement

ढोकाबाहिर नीलो ट्र्याकसुट र सेतो क्यापमा छ फुट लम्बु मानिस ठिङ्ग उभिएको थियो ।

“ए मामा पो आउनु भएछ । ढोग गरें मामा,” गोपालले ढोगिदियो ।

“जाऔं मामा भित्रै,”

दुवै जना बैठक कोठामा पसे ।

“ए मामा पो !” गोपालकी श्रीमती पनि आई र मामालाई ढोग गरिदिई ।

“अब त बिहे भाको पनि डेढ साल जति भो नि भान्जा ? अब त यसो भन्ट्याङभुन्टुङ पनि बनाउनु पर्छ है गाँठे !” गुरुमामाले बैठक कोठा नियाल्दै भने । गोपाल हाँस्यो मात्रै ।

बरु श्रीमतीतर्फ फर्केर भन्यो, “मुना , जाऊ त कफी बनाएर ल्याऊ ।”

“हस् !” भन्दै मुना भान्सातिर लम्किई । त्यही बीचमा गोपालले मुनातर्फ हेर्दै आँखीभौँ र औँलाका चालले केही कुरा इशारा गर्‍यो । मुनाले पनि दाहिने हातको चार औंला ठड्याएर देखाई । गुरुमामाले जोइपोइको यो अनौठो व्यवहार नदेखे झैँ अभिनय गर्‍यो ।

“बाबाममी खै त भान्जा ?”

“उहाँहरू त १५ दिन जतिलाई गाउँ पो जानु भएको छ मामा । भोलि फिर्नुहुन्छ । साँझसम्म आइपुग्नु हुन्छ होला ।”

“ए..हो र ? लु ठीक गर्नु भएछ । यो काठमाडौंको प्रदूषण के विधि बढेको हो त ? सासै फेर्न पो गाह्रो छ यो शहरमा । दुई हप्ता भए पनि दिदीभेनाजुले शुद्ध हावा खाएर आउनु हुने भो ।”

“हजुर मामा त्यै त । धूवाँ धूलो !”

त्यसपछि मामा भान्जाको केही बेर काठमाडौंको प्रदूषणको बारेमा गफ तन्कियो । तन्किएको गफ नेपाली राजनीति हुँदै रसिया-युक्रेन युद्धसम्म छोइयो । गफ र काम बीच यही त भिन्नता छ कि गफ्न निकै सजिलो कुरा हो । राजधानीको प्रदूषण, नेपालको राजनीति र विश्व घटनाको चर्चा सकिनै लाग्दा कफी पाक्यो र टेबुलमा आइपुग्यो । अर्थात् दुई कप कफी पाक्दा मान्छेले एक फन्को संसार गफैले घुमिसक्छ ।

केही बेर बात मारेर गुरुमामाले बिदा मागे ।

“लु भान्जा म पछि फेरि ममीहरूलाई भेट्ने गरी आउँछु । अहिलेलाई चाहिं लागें ।”

गोपाल र मुनाले मामालाई बिदाइको नमस्कार टक्र्याए ।

बाहिर सडकमा निस्किएर गुरुप्रसादले आफ्नो मोटरसाइकल स्टार्ट गरे । मोटरसाइकल मूल सडकतर्फ बत्तियो । उनको मनमा भने अघिको कुरा खेल्न थाल्यो ।

“अघि भान्जाले के इशारा गरेका होलान् ? …भान्जीबुहारीले चोर औंला देखाई….कफीमा चिनी कति चम्चा हाल्ने भनेर बात गरेका हुन् कि ?….कतै मैले सापटी चलाएको पैसाको कुरा त झिक्न खोजेका थिएनन् ?”

गुरुप्रसादले मनमनै महिना गन्यो, “भदौ, असोज, कात्तिक, मंसीर । हो त रहेछ । पैसा लिएको त ठ्याक्कै चार महिना भएछ । तर मैले त छ महिनाको भाखा राखेको थिएँ । त्यति जाबो चालीस हजार रुपैयाँको लागि पनि जोईपोइ मिलेर त्यस्तो नाटक गरिरहनु पर्छ त ?” गुरुप्रसादलाई रिस उठेर आयो ।

“खोजखाज पारेर यिनीहरूको पैसा तिर्दिहाल्नु पर्‍यो,”  गुरुप्रसादले मनमनै संकल्प गर्‍यो ।

 * * * *

गाउँबाट ल्याएको स्थानीय  कोसेली चाख्दै गोपाल आमासँग  जिस्कियो-

“आमा तपाईंलाई थाहा छ ? मुना पनि कक्षा पाँच सम्म गाउँमै पढेकी हो नि !”

“थाहा छ । अनि के भो त ?”

“गाउँमा पढ्दा के पढेको अरे थाहा छ ?”

“मलाई के थाहा त !”

गोपाल केही भन्नुभन्दा पहिले जोडजोडले आफैं हाँस्न थाल्यो । मुनाले “तपाईं चूप् लाग्नुस् ” भन्दै गोपाललाई रोक्ने प्रयास गरी । तर गोपाल रोकिएन । बोल्दै गयो, “चक्कु नचलाऊ चक्कुले हात काट्छ । भाजुराम घुम्न गए । पङ्खा चलाउँदा हावा आउँछ । तिमीले कति अङ्क पायौ ? यस्तै यस्तै पाठ पढेको अरे ।” आमालाई खासै हाँसो लागेन । हलुका मुस्कुराइदिइन् मात्र ।

तर गोपाल भने झन्झन् फुर्किँदै जिस्किइरह्यो, “तिमीले कति अङ्क पायौ ? तिमीले कति अङ्क पायौ ?”

लाजले मुनाका गाला राताराता भए । नजर झुके । ऊ टाढाबाट हातले आफ्नो ओठ छोप्दै ‘चूप् चूप्’ भन्ने संकेत गरिरही । टेलिभिजन हेरिरहेका चन्द्रबहादुरले छोरोलाई हकार्‍यो, “बुहारीलाई नसता त गधा ! किन बेकारमा खिज्याउँछस् ?” गोपाल बल्ल चूप लाग्यो ।

वातावरणको शून्यता तोड्दै चन्द्रबहादुरले गोपालतिर फर्केर भन्यो, “अँ साँची, तेरो दिदीलाई धरान फोन गरेर सम्झा । भान्जाले पढाइमा राम्रो मार्क ल्याएन भनेर सारै पिट्छ रे । भिनाजुले मसँग गुनासो गर्दै थियो । भविष्यमा कै न कै गरेर खाइहाल्छ नि ! किन जाँचमा राम्रो अङ्क आएन भनेर बच्चालाई पिट्नुपर्‍यो ? कस्तो खालको आमा हो त्यो ?”

त्यसपछि माहोल थोरै गम्भीर भएर गयो । गोपालले टेबुलमा लडिरहेको मोबाइल उठायो र बरन्डातिर लाग्यो । मोबाइलको टूँ..टूँ.. आवाज निकै लामोसम्म बजेपछि बल्ल उतापट्टिबाट स्त्री आवाज आयो, “हेल्लो, अँ भन् भाइ !”

“दिदी तँ आयुषलाई किन पिट्छस् बेकारमा ? उसले परीक्षामा पाएको अंकले जिन्दगीको निर्धारण गर्दैन नि ! आफै ठूलो हुँदै जाँदा बुझेर पढिहाल्छ त ! यदि पढेन भने पनि ऊ राम्ररी फूटबल खेल्ला । गीत गाउला । अथवा केही न केही गरिहाल्ला ! हरेक बच्चा आफैमा विशेष क्षमताको हुन्छ । तँलाई पनि सबै थाहै छ नि !”

दिदीभाइको तीस-चालीस मिनेट जति लामो कुराकानी भयो । कुराकानीको बीचबीचमा “यस्ले मेरो मास्सु खाइसक्यो” भन्दै सुँक्कसुँक्क दिदी रोएको आवाज पनि दोहोरिइरह्यो ।

 * * * *

कामको सिलसिलामा गोपाल एक महिनाको लागि दामन जानुपर्ने थियो । भोलि त झिसमिसै प्रस्थान गर्नुपर्नेछ । त्यसैले मुनाको मन आज खिन्न रह्यो दिनभर ।

रातको खानपिन सकेर भान्साको सबै काम सकीवरी सबै आआफ्नो कोठामा सुत्न पसे । गोपालको पनि झोला, जुत्ता कपडा, ल्यापटप, अन्य कागजपत्रहरू सबैको तयारी सकियो । अब बाँकी रह्यो त केवल मुनासँग प्रेमको गहिरो तालमा डुब्ने काम ।

झ्यालको छेस्किनी लागेपछि, पर्दा खसेपछि र बत्ती झ्याप्प निभेपछि यी दुई यौवनाहरू बीचमा शब्दहरूको खासै संवाद भएन । बिछ्यौनामा सिधै ओठले ओठसँग, बीस औंलाले बीसै औंलाहरूसँग, सासले साससँग, छातीले छातीसँग सिधै आक्रामक संवाद गर्न थाले । यो खेलको नियम ज्यादै सजिलो थियो । बस आँखा चिम्लिदिए पुग्थ्यो र बाँकी सबै कारबाही त आफसे आफ भैहाल्ने थियो । तन्ना गुज्मुजिएर गज्याङगुजुङ भयो । सिरक सरेर कता गुजुल्टा पर्‍यो । अन्ततः सघन हावामा एक स्त्री र एक पुरुषको शरीरबाट निसृत रासायनिक सुगन्ध मिसिएर कोठाभरि फैलियो । यस्तो हुनु भनेको सन्तुष्टि र आनन्दको उपल्लो कोटीको अभिव्यक्ति सञ्चारित हुनु थियो । त्यहाँ परम तृप्तिको तारा खस्यो ।

भोलिपल्ट दामन पुगेर गोपालले काठमाडौं फोन लगायो

“हेल्लो मुना ! अँ म पुगें है ।”

“ए..हस् । राम्ररी पुग्नु भो नि ?”

“उम् । अनि मुना छ नि ! हिज राती सोध्नै बिर्सेछु ।”

“के ?”

“त्यै क्या !”

“के त्यै?” लजाउँदै मुनाले नबुझेको नाटक गरी ।

“त्यै क्या त !”

“भन्नु न त के त्यै ?”

“त्यै के, तिमीले कति अङ्क पायौ ?”

त्यसपछि दुवै जना खितिती हाँसे । हावामा बैंसालु हाँसो गुञ्जियो ।

“पाँच !” मुनाले भनी ।

“अनि तपाईंले नि ?”

“मैले नि फूलमार्क नै पाएँ, पाँच !” गोपालले भन्यो ।

“लु भो भो । धेरै रोमान्टिक नहुनुस् । अफिसको काममा ध्यान दिनू । पछि अफिसको मूल्याङ्कनमा चैं जीरो अङ्क आउला नि फेरि,” मुनाले कुरा छोट्याउन खोजी ।

गोपाल अगाडि बोल्दै गयो, “करियर, पढाइ जे जेमा जतिसुकै अङ्क प्राप्त भए पनि बेडमा श्रीमतीले पाएको अङ्कको मुख्य महत्त्व हुन्छ, बुझ्यौ ? यो संसारमा कति त्यस्ता श्रीमानहरू होलान् जसले आफ्नी श्रीमतीलाई समागमपछि तिमीले कति अङ्क प्राप्त गर्‍यौ भनेर सोध्लान् ? तिमी त भाग्यमानी रैछौ पोक्ची !”

“खूबै जान्नु भो !”  मुनाले हाँस्दै फोन काटी ।

फोन काटिनासाथ गोपालको फोनमा टिङ्टिङ् टिङ्टिङ् म्यासेज आयो । उसले चेक गर्‍यो । गुरुप्रसाद मामाले सापटी भनेर लगेको चालीस हजार रुपियाँ  फिर्ता गर्नु भएछ । डिपोजिट भएको म्यासेज रहेछ । “छ महिनालाई भनेर लिएको पैसा चारै महिनामा फर्काउनु भो त गुरुमामाले ! यो त अचम्मै भो त यसपालि ?” गोपालले मनमनै भन्यो ।

गुरुमामाको सम्झनाले गोपाललाई फेरि गत शनिवारको रोमान्टिक पलको याद दिलायो ।

त्यो दिन घरमा कोही नभएको हुनाले सम्पूर्ण स्वतन्त्रताको उपभोग गर्ने सुरमा थियो गोपाल ! घर खाली भएको मौकामा ऊ मध्य दिउँसै बैंसले मातियो । उसले मुनालाई बेडरूमको चुक्कुल लाउन दिएन । मुनाको शरीरमा कुनै वस्त्र रहन दिएन । उसले मुनालाई बेडरूममा मात्रै सीमित रहन दिएन । घरका सिँढीहरूमा, भान्सामा, प्यासेजमा उसले जताततै मुनालाई लखेट्यो । भागेको अभिनय मुनाले पनि शतप्रतिशत बखुबी निभाई । यो खेद्नु र भाग्नु बैठक कोठाको सोफामा पुगेर थामियो । त्यसपछि  निकैबेरसम्म सूनसान वातावरणमा ती दुई प्रेमजोडीको उच्छवास र सोफाको आवाज मात्र सुनियो ।

तुफान शान्त भएपछि दुवै जना आआफ्नो वस्त्रको खोजीमा निस्किए । वस्त्र सम्हालेर सामान्य स्थितिमा फर्केका मात्र के थिए ढोकामा घण्टी बज्यो । गोपालले ढोका खोल्यो । गुरुमामा आउनु भएको रहेछ । गुरुमामालाई सोफामा बस्न अनुरोध गरेपछि  गुरुमामाको आँखा छल्दै उसले पत्नी मुनालाई हातले इशारा गर्‍यो – “तिमीले कति अङ्क पायौ ?” कफी बनाउन किचनतर्फ लाग्दै मुनाले पनि चार ओटा औंला देखाएर “चार !” भनेकी थिई । गोपाल सन्तुष्टसाथ मुस्कुराएको थियो ।

दामनको चिसो सिरेटोले गोपालको न्यानो सम्झना भङ्ग गरिदियो । होटलको नेपथ्यमा कसैको नरम आवाज सुनियो, “स्वागत छ है गोपाल सर दामनमा !” -sahityapost