January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

लास

मान्छेहरूको भिडमा लडिरहेछ  ऊ। यस्तो लाग्छ ऊ मस्त निन्द्र निदाइरहेछ । कति शान्ति छ, कति मौन छ । सन्नटा छाएको छ । सबैको मन मस्तिस्कमा एउटा कौतुहलता, एउटा जिज्ञासाले पडाह बनाएको छ । मानौँ, उसले यतिखेरा बुद्धता प्राप्त गरेको छ । यो अलौकिक संसारबाट भौतिक देह समर्पण गरेको छ धर्तीलाई । उसको बिहानी छैन अब । झुल्किदैन अब कुनै घाम, न त उसलाई कुनै बतासले नै छुन्छ । रम्नु र रमाउनुको मज्जादेखि पर क्षितिजमा एक्लो अनन्तको यात्रामा अग्रसरित ऊ एउटा अभौतिक मान्छे, लास लडिरहेछ ।

Advertisement

किन मान्छे मृत्युको संघारमा उभिन्छ ? किन मर्छ मान्छे ? किन मान्छे जन्मन्छ ? जन्मेपछि मान्छेले चाहेजस्तो किन हुँदैन । सोचेजस्तो किन भङ्गालिदैन मान्छेको जीवन । यो संसारको मेलामा मान्छे रमाउनु र हाँस्नु । रुनु र रमाउनुपछि पनि त केही अर्थ हुँदो हो । त्यो सम्पूर्णता हुन नपाउँदै किन मान्छेले जीवन त्याग्छ यो संसारबाट । ऊ एउटा मान्छे  न हो । यो ठाउँमा आगन्तुक मान्छे । चिन्दैनन् पनि उसलाई, जतिले चिने र बुझे उसलाई सबैले चुकचुकाउँदैछ यति खेरा ।

उसलाई सोसियल मेडियामा देखेथेँ । कुनै एउटा च्यानलले उसलाई साक्षात्कार गरेको थियो । ऊसँगको साक्षात्कारमा साक्षत्कर्ताले साक्षत्कारको शीर्षक दिएका ‘एउटा बहुलाको कुराले मन रुवाउँछ ।’ यस्तो शीर्षकले मनमा कौतुहलता छाएको थियो । यो कस्तो अन्तर्वाता हो जो एउटा बहुलाले दिएको छ । के बहुलाले पनि आफ्नो मनको भाव व्यक्त गर्न सक्छ र ?

यस्तो कुराले मेरो मथिङ्गल रिङ्गियो । म रिङ्गिए त्यतिबेला जतिबेला मैले त्यो बहुलाको कुराकानी सुनेँ र हेरेँ । उसको कुराकानीमा सोधिएको प्रश्नको सही उत्तर, कहीँ कता घुमाउरो प्रतिप्रश्नले ऊ सद्धेजस्तो नै देखिन्थ्यो । उसले पहिरेको पहिरन र बसाईले मात्र पागालको प्रतिनिधित्व गरेका थिए ।

एउटा बस बिसाउने छ । जहाँ थुप्रै त्यस्ता मगन्तेहरू, पागलहरू बसेका छन् । त्यसै अव्यवस्थित हुलमा ऊ पनि बसेको छ ।  अनुहारमा एउटा चमक छ उसको । शारीरिक शिथिलत पनि छैन ऊमा । हँसिलो देखिन्छ अनुहार उसको । जिन्सको पतलुङ जो धुजा–धुजा परेको छ । कमेज सेतो हो जसलाई रङ्ग खुट्याउन निकै गाह्रो पर्छ । खुट्टामा जुत्ता छ । खुट्टा र जुत्ता उस्ता–उस्तै देखिन्छ । कपाल केही बडेको छ । केही घुम्रिएको पनि छ । यस्तो लाग्छ उसलाई देख्दा ऊ कुनै नाटकमा पागलको भूमिका खेल्न तयार भएको छ । नाटकको प्रदर्शनपछि पत्रकारहरूसँग, आफ्ना दर्शकहरूसँग साक्षत्कार गर्दैछ । आफ्ना प्रिय दर्शक, शुभचिन्तकहरूलाई अटोग्राफ दिदैछ । उसको यो स्वभावमा पागलपनको लेसमात्र पनि भान हुँदैन ।

उसले भनिरहेछ – ‘मेरो जीवनको आरोहअवरोहमा मैले धेरै कुराहरू गुमाएँ । धेरै कुराहरू त्यागेँ । जो मेरो आत्मीय थिए, मेरो आफ्नोपन थियो, ती सबै चिजहरू, ती वस्तुहरू मैले त्यागेँ । मात्र यो जीवन त्यग्न सकिनँ । घिसार्दैछु मैले आपूmलाई त्याग्न नसकेको अपुरो जीवन । यो ठूलो भूगोलमा, मान्छेहरूको वस्तीमा, मान्छेहरूको जङ्गलभित्र एक्लो म रुमालिदैछु । तपाईहरू जस्ता सद्धे समाजका सचेतकहरूले मलाई पागलको संज्ञा दिए । मलाई पागलको दर्जा दिए । म तपाईको यो घन बस्तीमा, यो मान्छेको घना जङ्गलमा, यो भिड शहरमा पागल भएँ । म बहुला भएँ । अब तपाई नै भन्नुस् के म पागल भएँ । के म बहुला हुँ ? बनाइयो मलाई पागल, भएँ म बहुला, त्यो तपाईको समाजमा ।’

स्तब्ध हुन्छ पत्रकार, स्तब्ध हुन्छन् उसलाई घेरेर बसेका मान्छेहरू । उसको कुराको निक्र्योल गर्न तल्लिन देखिन्छन् सबै । सबै मौन उभिरहेका छन् । एकार्काको मनोभाव पढ्दै छन् । त्यस स्तब्धतालाई चिर्दै पत्रकार बोल्छ । अनि तपाई कसरी यो मोडमा आइपुग्नु भयो त ?

पत्रकारको प्रश्नले गम्भीर रहेको उसको अनुहार एकासी प्रफुल्लित भएर आयो । ओठमा मुस्कान छाउँछ उसको । सबैलाई एकपल्ट सरर हेरेपछि खित्का छाडेर मज्जाले हाँस्यो ऊ । फेरि अन्योलता छायो सबैमा । सबै मानिसलाई हेर्छ । पत्रकारलाई हेर्छ । अनि भन्छ, ‘मलाई यो मोडमा मेरो जिन्दगीले ल्यायो । मेरो मायाले मलाई अलपत्र पार्यो । तपाईको त्यो सद्धे समाजबाट मलाई पलायन गरे । म अलपत्रिएँ । म थोत्रिएँ । सुन्नु हुन्छ मेरो जीवन गाथा ? मेरो जीवनका भोगाईहरू । जिन्दगीले दिएका मजाकहरू ? म कठपुतली भएँ । मलाई कठपुतली बनाइयो । के तपाई पनि अझ मलाई मजाक बनाउन चाहानु हुन्छ ? खेल्नुस् । कति खेल्नु हुन्छ मेरो भावनासँग । मेरो भोगाइसँग ।’

पत्रकार अल्मलियो । रणभुल्लमा पत्रकार आफै मजाक भएजस्तो देखिन्छ । उसको भाव खोताल्ने तालमा आश्वास्तित पार्दै बोल्छ पत्रकार । होइन, म चाहन्नँ तपाईको मनसँग खेल्न । तपाईको निजि भावनाहरूसँग म बलात बुर्कुसी मार्न चाहन्नँ । म तपाईको भाव, तपाईको विचारहरूमाथि खुल्ला प्रचार गर्न पनि चाहान्नँ । तपाईको भित्रि यारका छुपाएर राखेको आफ्नो स्वत्वलाई उदाङ्गो वायुमण्डलमा लाप्राबाई छर्न पनि चाहन्नँ । यतिमात्र चाहन्छु तपाईमा घटेका घटनाको सही मूल्याङ्कन होस् । त्यस घटनाबाट समाजले भोलिको दिनमा केही पाठ सिकोस् । मात्र यति चाहान्छु ।

ऊ घोप्टो परेर सुक्सुकाई रहन्छ । कस्तो नराम्रो देखिएको लाग्ने मान्छे सुक्सुकाएको । रुनु भनेको लोग्ने मान्छेको निम्ति होइन रहेछ । अलिकति पनि सुहाएको थिएन उसलाई रोएको । सबै चुपचाप हेरिरहेछन् । सुनिरहेछन् यी सम्वादहरू । मौनता छाएको छ । केहीबेरको मौनतापछि उसले भन्छ, ‘सब वैहत । समाज वैहत । यो समाजमा बस्ने मानिस वैहत । तपाई वैहत  । अरु के के फलाक्दै  रिसको आबेगित चालमा टाढिन्छ ऊ । पत्रकारबाट । त्यो भिडबाट । पत्रकार अक्क न बक्क उभिरहन्छ । सबै मानिस वालवाल्ती हेररिहन्छन् ।

म सोच्छु, त्यसपछि के भयो । उसको जीवन । उसको विगत कस्तो पारामा बित्यो हेला ?  एउटा खुल्दुलीको विषयाङ्कित हुन्छ ममा  ।  भिडियो क्रमसः हेर्दै जान्छु । पत्रकार पुगेको छ एउटा गाउँमा । जुन गाउँ उसको हो । जहाँ उसको परिवार बसेको छ । उसको परिवारमा दाजु–भाउजु र एउटा सानो बालक देखाइएको छ । पत्रकारको साक्षात्कार उसको दाजु– भाउजुसँग भएको छ । केही प्रश्न दाजुलाई केही प्रश्न भाउजुलाई सोधिएको छ । पत्रकारको सोधाइमा भाउजुको जवाफ यस्तो छ ।

हो महाशय, उसको एउटी प्रेमिका थिई । ऊसँगै एउटै क्याम्पस पढेकी । उसले उसलाई औधी माया गर्थ्यो । बाबुले मसँग कहिलेकाही उसको विषयमा कुरा गथ्र्यो । बेला बेला त बाबुको उनीप्रतिको प्रेम देख्दा मलाई नै डाह लागेर आउथ्यो । मैले भन्ने गर्थेँ – त्यति बिघ्न माया पनि गर्नु हुन्न है त बाबु । जस्को बोझ उठाउन असमार्थ होस् । मायाको बोझले उनीसँगै आफू पनि पिरोलिन सक्छ । यस्तो बेला उनी गम्भीर भएर भन्ने गर्थे – भाउजु मैले उसलाई दिने भनेको नै माया मात्र त हो नि । जीवनभरि साथ दिन्छु भन्ने बाचा त अधुरो नै हुनेछ । मायाले मात्र जीवनको गोरेटो नकोरिदो रहेछ । हाम्रो मानव समाज दुई तिहाइमा खण्डित रहेको छ । यसै खण्डित समाजको हामी कठपुतली त हौँ । हामीलाई नचाउँदो रहेछ समाजले । हामी समाजको तालमा ताल मिलाएर नृत्य गरिरहन्छौँ । उच्च र  निच्च समाजमा हाम्रो अस्तित्वको मोल किमार्थ छैन । दुनियाँले प्रगति गरे ।

ठूल–ठूला अविस्कारहरू गरे । संसारलाई एउटा मुठीमा कैद गर्ने क्षमता राख्ने भए । आज संसार साँघुरिएको छ । संसार पार्दशीत भएको छ । दुनियाँमा मानिस पादर्शीत कुरा गर्ने भएका छन् । तर यो हाम्रो समाज सङ्कुचनको घेरोबाट माथि उठ्न सकेन । अविष्कारिक दुनियाँमा हाम्रो समाजको विचार अविस्कारित हुन सकेको छैन । उसको उच्च समाज र हाम्रो निम्न समाजको तालमेल हुने सम्भाव छैन । खुशी उसको हो, खुशी मेरो पनि हो । फेरि भएन उसको समाज र उसको परिवारबीच हाम्रो मायाको अर्थ, बेअर्थ हुनेछ ।  भाउजूको कुरामा गाम्भीरता थियो । त्यस गम्भीरतामा पत्रकार अल्मलिन्छ । त्यस कुराले म पनि अल्मलिन्छु ।

यतिबेला पत्रकार एउटा चिया पसलमा पुगेको छ । पसलमा उनको साथी अजयलाई भेटेको छ । अजय उनको रुममेट हो कजेजको । जोसँग केही वर्ष बिताएका थिए । उनै अजयसँग पत्रकार उनको विषयमा सोधखोज गर्दैछ । सबैसँग छुपाएर राखिएका निजी बिचारहरू, निजी भावहरू आफ्नो साथीहरूलई भन्ने गर्दछ । तिनै उद्देश्यले पत्रकारले उनको साथी अजयलाई भेटेको छ ।

हो उनको भाउजूले भनेकी कुरा सबै नै सत्य हो । उनको एउटी प्रेमिका थिई । उनको प्रेम सम्बन्धको कुराहरू मलाई बृतान्त सुनाएका थिए । उनको भाउजूले भनेजस्तै उनीहरूको प्रेम प्रगाढ थियो । लाग्थ्यो त्यो उनीहरूको जोडी अजर अमर रहनेछ । युगौयुग बाँच्नेछ त्यो प्रेम । मलाई उनले शुरुदेखि नै सबै कुरा सुनाएका थिए । मैले सुनेको थिएँ उसको प्रेम काहानी । तर दुवैजनालाई यो पनि थाहा थियो कि एक दिन यो सम्बन्ध छुटिने छ । तर पनि निश्छल प्रेम गरेका थिए । कुनै शङ्क थिएन एकार्कामा । यस्तो लाग्थ्यो त्यो जोडी दैवले नै धेरै समय खर्चा गरेर निर्माण गरेका हुन् । यस्तो पनि लाग्थ्यो अब यस्तो जोडी फेरि यस धर्तीमा निर्माण हुने छैन । संसारको सृष्टिदेखि त्यो सृष्टिसम्म अटुट रहने छ । तर अभाग्यबस उनीहरूको त्यो प्रेम सम्बन्ध भङ्गलियो । दैवलै खेल गुल्चे खेल्यो । यदि स्वच्छ खेल खेलिएको भए दैवले जीत आवश्य उनीहरूको नै हुने थियो । सबै खेल खेल्ने खेलाउने उनकै हातमा छ ।

एकदिनको कुरा हो । स्वप्निल मकहाँ आएको थियो । ऊ एकदम गम्भीर र निराशित थियो । अनुहार मुर्जाएको थियो ।  रौनकता भनि अनुहारमा रति थिएन । स्वप्निल समाजको सचेतक व्यक्ति थिए । उसलाई थाहा थियो जिम्मावारी र कर्तव्यका कुराहरू । त्यसै कर्तव्यको अघि घुडा टेकी दिए उनले ।  उनको प्रेमिकाको जीवनमा एउटा मोड आयो । जुन मोडले  स्वप्निललाई ओझेल पार्दै थियो । आशाको आभालाई अन्धकारले जित्दै थियो । उनको छट्पटाई अदृश्य थियो ।

सञ्जुको घरमा उसलाई हेर्न केटा आएको थियो । उसको आफ्नै थर भएको । सरकारी जागिर पनि भएको । उसको बाबाको इच्छा आफ्नै जातको केटोसँग ठूलो छोरीको विवाह गरिदिने । त्यहीमाथि सरकारी जागिर भएको केटो । प्रत्येक कुरा स्वप्निललाई सुनाउथी सञ्जुले । सञ्जुलाई केटा हेर्न आएको दिनदेखि नै उसको अनुहारमा खुशीको रङ्ग उढ्दै थियो ।

तिनीहरू दुवै समाजमा आदर्शीत व्यक्ति थिए । तिनीहरूको प्रेम पनि आदर्शमा बाधिएको थियो । तिनीहरूको जात अलग– अलग थिए । त्यसमाथि स्वप्निल बिरोगारी थियो । सञ्जुले कति चोटी भनेकी पनि हो हामी भागेर विवाह गरौँ । कहीँ टाढा गएर नयाँ जीवन शुरु गरौँ । यो समाजदेखि धेरै टाडा, जहाँ हामी एउटा नयाँ हाम्रो समाज निर्माण गरौँ । हामी यो दुई जातको खण्डीत समाजबाट धेरै टाडा गएर एउटा भिन्ने प्रकारको आदर्श समाज स्थापित गरौँ । ता कि यो समाजमा जस्तो त्यो समाजमा भेदभाव नहोस् । यहाँजस्तो उचनिचको पागडण्डी नहोस् ।

स्वप्निलले त्यो सब चाहेन । उसको बाबाले ऊप्रति देखेको सपनालाई तुहिन दिएन । आफ्नै बाबाले ऊप्रति गरेको विश्वास, परिवारको दायित्वबोधदेखि नभाग्ने सल्लाह दिन्थे । उसको खातिर आमा– बाबाले सजाएको सपना, परिवारले साँचेको भरोसा त्यति सजिलो नतोड्ने सल्लाह दिन्थ्यो । यस्तो आदर्शको कुरा सम्झउथे सञ्जुलाई ।

उनीहरूबीचको पर्खाल चुलिदै गए । विस्तारै त्यो पर्खालले तिनीहरूलाई एकार्कामा नदेखिने गरी सर्लक छोपिदियो । जाडो याममा निस्किएको घामलाई भुइँकुहिरोले छोपेजस्तो । जुन दिन सञ्जुको विवाह हुने कुरा निश्चित भयो त्यस दिनदेखि ऊ मकहाँ आउन छाडे । त्यस्तो आदर्शीत मान्छे । समाज, जात– जाति, मानव जीवन बुझेको मान्छे आज आएर यो गति ।

म एक दिन उसको घरमा नै पुगेँ । सदाझैँ म उसको कोठामा पुगेर उभिएँ । कोठाको ढोका भित्रबाट आङ्गो लगाएका थिए । मैले धेरैचोटि ढोका ढक्ढकाएपछि उनले ढोका खोले । कोठाभित्र छिर्द यस्तो लाग्थ्यो त्यो कोठा एउटा सन्त साधुको ध्यान केन्द्र हो । ऊ चुपचाप गएर उसको पलङमा बसे । म अल्मलिएर उसलाई हेर्दै उभिरहेँ । केहीबेरपछि छेवैको कुर्सीमा बस्ने आग्रह गरे ।

उसले अध्ययन गर्ने टेबिलमा सञ्जुले लेखेका पत्रहरू  बेवारिस छरिएका थिए । तस्बीर पलङमा थिए । तस्बीर उसको र सञ्जुको थियो । केही तस्बीरहरू च्याँतिएका थिए । ती च्यातिएका तस्बीर छुपाउने कोसिस गर्दै थियो । छुपाउने कोसिस गर्दा पनि  छुपाउन सकिरहेको थिएन । जति लुकाउने प्रचेष्ट गर्दैथियो उति नै प्रकटित हुँदै थियो भावहरू ।

बिस्तारै हामीबीच सम्वादको लहरहरू फुटे । ऊभित्र कुण्ठिएको भावहरू बग्न नपाएर तलब भएका थिए । बिस्तारै ऊ पग्लियो । हिमालझैं । मूल फुट्यो तालको । उसले भन्यो, ‘अजय मैले हारेँ आफूबाट । उसले जिती । म आदर्शको खोक्रोपनमा अल्झिएँ । बिजाए आफ्नै  मुटुमा आदर्शको काँडा । घोचिरहन्छ पलपल । पोल्छ मुटुभित्र कहाँ–कहाँ । ऊ समाजको ठूलो जातको, म सानो निच तल्लो जातको, त्यहीमाथि म बेरोजगार मान्छे । कसरी म उसको जीवन सुखमय बनाउन सकुला र । फेरि उसको बाबाको सपना घरको ठूलो छोरीलाई आफूले हेरेको, आफ्नै जातको केटासँग विवाह गरिदिने । त्यतिमात्र होइन एउटा सरकारी जागिर भएको मान्छेले उसलाई सुरक्षा दिन सक्ने छ ।

मैले यस्तो सुवाझ दिएँ उसलाई । उसले पनि त मानी । उसले आफ्नै आमा बाबाको इच्छा पुरा गरी । एउटा छोरीको कर्तव्य पुरा गरी र एक आदर्शीत  नारी भई समाजमा । म चाहान्थेँ पनि त्यस्तै । मैले उसलाई चोखो माया गरेको थिएँ । माया भनेको सशरीर भएर मात्र हुँदैन । यदी हाम्रो माया शारीरिक रूपमा मात्र रहे त्यो माया स्वार्थी साबित हुनेछ ।

आज ऊ मेरो जीवनमा नभए तापति मेरो ह्रदयमा आश्रित भएर रहनेछ । अजय– जति मैले उसलाई धेरै कन्भिन्स गरेँ हाम्रो सम्बन्धको बारेमा । हाम्रो मायाको बारेमा । उसको परिवारको बारेमा । उसको आमाबाबाले देखेका सपनाका बारेमा । उसको समीप म हिमाल हुन्थेँ । ऊ बरफ भएर पग्लिन्थी । जब म ऊबाट छुटिन्छु म पग्लिन्थेँ गाङ्गोत्री भएर ।

आज उनले आमाबाबाको इच्छा पुरा गरी तर म हिमाल पग्लन छोेडिनँ । मैले जितेर हारेँ । उसले हारेर जित्यो । के मेरो र उसको प्रेम सम्बन्ध यतिमा नै सीमित थियो ?’

स्वप्निलको आखाँ डम्म सुनिएको थियो । मसँग उसलाई सम्झाउने हुति थिएन । म पनि पग्लिएँ ऊसँगै । सकेसम्म आपूmलाई सम्हाल्ने सल्लाह बाहेक केही थिएन मसँग । त्यही औपचारिकता निभाएर म फकिएँ । केही दिनपछि मैले उसको भाउजूलाई भेटेथेँ । स्वप्निलले घर छाडेको कुरा सुनाई । केही ठाउँतिर मैले खोजे उसलाई फेला पार्न सकिनँ । पछि सुनें उसले मानसिकता गुमाएको कुरा ।

भिडियो सकिँदा मन धेरै नै बिटुलिएको थियो । एउटा मान्छेले आदर्शको खोलमा आफ्नै  जीवनका महत्वपूर्ण चिज वस्तु गुमाउँदो रहेछ । कसैको खुशीको निम्ति आफ्नै ह्रदयलाई नै त्यागिदिँदोरहेछ । यस्ता मान्छे समाजमा बिरलै पाइन्छन् । आज उसको मृत्यु भएको छ । यो मृत्युले एउटा रहस्य खडा गरेको छ ।

धेरै मान्छेहरूले उसलाई घेरिरहेछन् । उसको अनुहारका कान्ति छाएको छ शान्तिको । उसले यतिबेला परम मोक्ष प्राप्त गरेको छ । त्यस भिडदेखि केही पर एउटी बूढी मगन्ते बसिरहेकी छ । त्यस मगन्ते बूढी आइमाइको आँखा एउटा बिचित्रको भय देख्छु । म त्यसै बूढी आइमाइको छेउमा उभिन पुग्छु । केही त्रसित आँखाले मलाई हेर्छे । उसको आँखामा केही रहस्य लुकेको भान हुन्छ । एउटा कौतुहलताको ज्वारभाटा मनमा उर्लिन्छ । म उसलाई अनायास सोध्छु । उसले भयमिश्रित आँखा लुकाएर थाहा छैनको जवाफ साङ्केतिक मुन्टो हल्लाएर दिन्छे । मलाई विश्वास हुँदैन । केही कर गर्छु, केही आश्वस्त पार्दै ।

केही सतर्क हुँदै ऊ बोल्छे– ‘सर कल सामको एक गाडी आइथी । उस गाडी से एक लड्की उर्ती और उस पागालको करिब गई । उस लड्कीको देखकर पागल बहुत खुस हुई । उस लड्कीको आँखमें आँशु छचलकीथी । उस  लड्की ने उस पागालको एक पोलिथिनमे केही खानेका चिज दिइ और चली गईं । लड्की चलिजाने के बात उस पागाल बहुत खुस होकर बोल रहा था– थ्याङ्क्यू सञ्जु । उस नामको बोल्ते बोल्ते ही उसने दिया हुवा चिज खा पडी । उसकी बात ए पागाल गहिरी निन्द में चली गई ।’

मेरो शरीर फतक्क गलेर आयो । मथिङ्गल फनफनी घुम्न थाल्यो । अब अरु सुन्नु थिएन । अनि जान्नु पनि थिएन । त्यो भिडमा बसिरहने आवश्यकता पनि थिएन । मेरो शरीरको भार दोबर भएर आयो । मान्छेले घेरिरहेका थिए त्यस पागलको लासलाई । मभित्र धेरै प्रकारको खुल्दुली चल्न थाल्यो । सञ्जुले किन उसको हत्य गरी त ? किन ? समाजको मान मर्यादामा खोट लाग्ने भयले ? यता आफ्नै प्रेमीको यस्तो हालत देख्न नसकेर मोक्ष दिएकी ? यस्ता धैरै प्रकारका आलोचना– प्रतिआलोचनाले मन उद्वेलित भयो । म त्यो भिडलाई छोडी आफ्नो  बाटो लागे । By nepalisahityaghar