मर्चवारबासी सूर्यमा मतदान गर्न आतुर छन्ः प्रमोद यादव


मर्चवार– नेकपा एमाले रुपन्देही–४ का उम्मेदवार प्रमोदकुमार यादवले क्षेत्रबासी २१ फागुनको दिनको प्रतीक्षामा रहेको जनाएका छन् । उनले आफूले घरदैलो गर्नेक्रममा अत्यन्तै माया पाएको सुनाउँदै २१ फागुनमा अत्यधिक मत सूर्यमा पर्ने र आफू निर्वाचित दावी गरे ।
‘म जहाँ जान्छु, त्यहाँका आमाबुवा, दाजुाभाईहरुले मुलुकको विकास गर्ने एमाले हो, क्षेत्रको विकास गर्ने प्रमोद यादव हो भन्नुहुन्छ’, उनले भने, ‘यसैले क्षेत्रबासी सूर्यमा मतदान गर्न आतुर भएर बस्नुभएको छ ।’ यादवले आफू २०७४ मा सांसद हुँदा धेरै विकास निर्माणका योजना सुरु गरेको तर २०७९ मा निर्वाचित हुन नसक्दा ती सबै योजना अधुरा रहेको बताए ।
‘शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायतका अधुरा योजना पूरा गर्न मलाई निर्वाचित गर्नुपर्छ भन्नेमा क्षेत्रबासी हुनुहुन्छ’, उनले भने, ‘त्यही कारण पनि म निकै उत्साहित छु । यसपटक म अनुमोदन हुन्छु ।’ यादवले सुशासनसहितको विकास आजको आवश्यकता भएको समेत बताए ।
युवापुस्तादेखि बृद्धबृद्धासम्म आफ्नो पक्षमा खुलेर लागेको जनाउँदै उनले यसपटक क्षेत्र नम्बर ४ मा एमालेको झण्डा फहराउने बताए । आफूले अघि सारेका योजना पूरा हुँदा क्षेत्रको मुहार फेरिने एमाले उम्मेदवार यादवको दावी छ ।
उनले आफूले हरेक मतदातालाई भेट्ने प्रयास गरिरहेको जनाए । पहिलोचरणमा प्रत्येक वडा र टोलमा पुगेको बताउँदै फेरि पनि घरघर पुग्ने प्रयास जारी राखेको यादवको भनाई छ ।
मर्चवारका बिरामीले संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्छुः एमाले उम्मेदवार यादव
वाचा भन्दा जनताका समस्या सामाधान गर्ने कुरा महत्वपूर्ण हो : एमाले उम्मेदवार यादव
रुपन्देही–४ का एमाले उम्मेदवार यादवले प्रस्तुत गरे क्षेत्र विकासका २५ योजना
रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै








प्रतिकृया दिनुहोस्