June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

मर्चवार परिवर्तन गर्ने कसम खाएको छुः एमाले उम्मेदवार यादव

Advertisement

भैरहवा– नेकपा एमालेका रुपन्देही–४ का उम्मेदवार प्रमोदकुमार यादवले आफूले जनताको बीचमा रहेरै निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने बताएका छन् । यसअघि पनि आफूले जनताको आवाज बनेर संसदमा भूमिका खेलेको उल्लेख गरे । यसपटक रुपन्देही–४ का जनताको परिवर्तनको आवाजलाई आत्मसात् गरेर संसदमा कुरा राख्ने बताए ।

Advertisement

आफ्नो निर्वाचन क्षेत्रका नागरिकसित निकट रहेकाले यस क्षेत्रका समस्या वकालतका साथै तिनको समाधानका लागि हरपल लागिरहने बताए । यसअघि २०७४ सालको संसदीय निर्वाचनमा बिजयी भएर मर्चवारका लागि थुप्रै योजना लागू गरेको स्मरण गर्दै उनले भने, ‘दोस्रो पटक मलाई बिजयी नगराउँदा ती योजनाको कार्यान्वयन प्रभाविन भयो ।’

यसपटक आफूलाई जिताएर मर्चवारको सडक फराकिलो र व्यवस्थित बनाउनेदेखि शिक्षा, स्वास्थ्य, सिंचाइँ र रोजगारीका योजना कार्यान्वयन् गर्ने अवसर प्रदान गर्न उनले आग्रह गरे । ‘अहिले मर्चवारको परिवर्तन गर्ने भन्दैं नयाँका नाममा पुरानै व्यक्ति आएका छन्,’ उनले भने, ‘त्यस्ता अवसरबादीलाई चिन्नु भएन भने पछुताउनु पर्ने हुन्छ ।’

रुपन्देही–४ का ग्रामीण क्षेत्रमा सम्पर्क कार्यालय स्थपानासँगैं घरदैलो अभियान तिब्र बनाएका यादवले जनतासित प्रत्येक्ष भेटघाट गरेर आफ्ना चुनावी एजेण्डा राखिरहेका छन् । सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्लसँगैं घरदैलोमा पुगिरहेका छन् । साथमा मर्चवार क्षेत्रका सयौं युवा, राजनीतिकर्मी र समाजसेवी सहभागी हुने गरेका छन् ।

गाउँगाउँमा आफ्ना एजेण्डा पुर्याउन स्थानीय सम्पर्क कार्यालय मार्फत कार्यकर्ता परिचालन गरिरहेका छन् । निर्वाचन आउन दुई साता पनि बाँकी नरहेकाले हरेक व्यक्तिले खटेर मत सुरक्षित गर्नुपर्ने उनले बताए । त्यसका लागि पार्टीका साथैं आफूले पनि कायकर्ता परिचालनमा ध्यान दिएको उनले बताए । मर्चवारका युवा र अनुभवी नेता भएकाले उनको पक्षमा जनलहर देखिन्छ । यसपटक स्थानीय मतदाताले परिवर्तन खोजिरहेको र त्यसको उपयुक्त विकल्प आफू भएको उनले बताए ।

उम्मेदवार यादवले मर्चवारको मुख्य सडकको निर्माण पूरा गर्ने, ग्रामीण सडक सञ्जाल विकास गर्ने, रिङरोड निर्माण, रंगशाला, अस्पताल, विद्यालय स्तरोन्नतिलाई जोड दिएका छन् । आफ्नो क्षेत्रका पालिकाबाट नागरिकलाई प्रदान गरिने सेवा सुधार गर्ने प्रतिवद्धता जनाइरहेका छन् । मुख्यगरी जेनजी पुस्ताको माग अनुसार भ्रष्टाचार नियन्त्रण र सुशासनमा ध्यान दिने उनले बताए । ‘मैले वाचा गरेको होइन,’ उनले भने, ‘मर्चवार परिवर्तन गर्ने कसम खाएको छुँ ।’

वाचा भन्दा जनताका समस्या सामाधान गर्ने कुरा महत्वपूर्ण हो : एमाले उम्मेदवार यादव

रुपन्देही–४ का एमाले उम्मेदवार यादवद्वारा घरदैलो सुरु

मर्चवार नेपालमै पर्छ भनेर चिनाउन चाहन्छुः प्रमोद यादव

रुपन्देही–४ का एमाले उम्मेदवार यादवले प्रस्तुत गरे क्षेत्र विकासका २५ योजना

आधुनिक मर्चवार बनाउने एमाले उम्मेदवार प्रमोदको अठोट

रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै