रुपन्देही–४ का एमाले उम्मेदवार यादवद्वारा घरदैलो सुरु


मर्चवार– नेकपा एमाले रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार प्रमोदकुमार यादवले सोमबारबाट आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो सुरु गरेका छन् । निर्वाचन आयोगले सोमबारबाट घरदैलो र सभा अनुमति दिएपछि यादवले बृहत् घरदैलो सुरु गरेका हुन् ।
रुपन्देही–४, स्थित सम्मरीमाई गाउँपालिकाबाट प्रचार अभियान थालेका हुन् । घरदैलोका लागि सोमबार बिहान आफ्नो क्षेत्रमा पुगेका यादवलाई कार्यकताले सम्मरीमाई–२, स्थित झिग्नामा भव्य स्वागत गरेका थिए । आफ्ना उम्मेदवारको प्रतीक्षामा कार्यकर्ता विहानैदेखि सम्मरीमाईको झिग्नामा पर्खिरहेका थिए । विभिन्न स्थानबाट भेला भएका कार्यकर्ताले यादव पुग्नासाथ ‘प्रमोद यादव’ जिन्दाबाद भन्दैं नारा लगाएका थिए ।
उम्मेदवार यादव मर्चवारका एमाले नेता जितेन्द्रनाथ शुक्ल (बब्लु) सहित घरदैलोका लागि पुगेका थिए । गाडीमा नेताहरु झिग्नामा पुगेपछि कार्यकर्ताले उल्लास प्रकट गर्दै स्वागत गरेका थिए । त्यसपछि कार्यकर्ताले मोटरसाइकल र्याली सहित यादव सवार गाडीलाई सम्मरीमाई–२, को कार्यालय रहेको बनगाईसम्म लगेका थिए ।
बनगाई चौराहामा पनि कार्यकर्ताले फूलमालाले उनको स्वागत गरेका थिए । त्यसपछि सयौं समर्थक सहित यादवले आसपासका बस्तीमा घरदैलो सुरु गरेका थिए । घरदैलो सुरु गर्नुअघि कार्यकर्ताले र्याली मार्फत खुला प्रचार अभियान सुरु गरेको जानकारी दिएका थिए । घरदैलोमा एमाले स्थानीय पार्टी कमिटीका नेताकार्यकर्ता, वर्तमान र पूर्व जनप्रतिनिधि सहभागी थिए ।

प्रचारका क्रममा कार्यकर्ताले यादवसँगैं स्थानीय नेता तथा सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यध्य शुक्लाको पक्षमा नाराबाजी गरेका थिए । उम्मेदवार यादवले आफू निर्वाचित भए पछि गर्नुपर्ने कामको फेहरिस्त बोकेर घरघरमा पुगेर मतदाता भेट्न सुरु गरेको जनाए ।
रुपन्देही–४ का एमाले उम्मेदवार यादवले प्रस्तुत गरे क्षेत्र विकासका २५ योजना
रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै








प्रतिकृया दिनुहोस्