परिवर्तनको विश्वसनीय विकल्प म हुँः एमाले उम्मेदवार यादव


मर्चवार– चुनावी माहोल तातिँदै जाँदा एमालेका तर्फबाट रुपन्देही–४ का उम्मेदवार प्रमोदकुमार यादव मतदातामाझ सक्रिय देखिएका छन् । घरदैलो अभियानलाई तीव्र बनाउँदै उनले विगतका उपलब्धि र अधुरा योजनालाई चुनावी बहसको केन्द्रमा राखेका छन् ।
२०७४ सालमा निर्वाचित हुँदा आफूले मर्चवार क्षेत्रको विकासका लागि अघि सारेका योजनाहरूलाई निरन्तरता दिन नपाएको मतदाता माझ बताइरहेका छन् । २०७९ मा दोस्रो कार्यकाल निर्वाचित हुन नसक्दा कतिपय पूर्वाधार र सामाजिक विकाससम्बन्धी योजनाहरू रोकिएको उनले दाबी गरे । यसपटक ती योजना पूरा गर्ने अवसर दिन मतदातासँग अपिल गरेका छन् ।
सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सिँचाइ र रोजगारीलाई प्राथमिकतामा राख्ने यादवले बताएका छन् । मर्चवारको मुख्य सडक निर्माण सम्पन्न गर्ने, ग्रामीण सडक सञ्जाल विस्तार गर्ने, रिङरोड निर्माण गर्ने तथा अस्पताल, विद्यालय र रंगशालाको स्तरोन्नति गर्ने उनको प्रतिबद्धता छ ।
नयाँ अनुहारको नाममा पुरानै प्रवृत्ति दोहोरिन सक्ने चेतावनी दिँदै उनले मतदाताशीत ‘अवसरवादी प्रवृत्ति’ प्रति सचेत रहन उनले आग्रह गरे । उनको अभियानमा युवाहरूको उल्लेख्य सहभागिता देखिएको छ । आफू नै युवा र अनुभवी नेतृत्वको संयोजन भएको उनले दाबी गरे । साथै रुपन्देही–४ मा आफू नै परिवर्तनको विश्वसनीय विकल्प भएको बताए ।
आफू सधै जनताको माझमै रहने र हरेक सुखदुःख मा सहकार्य गर्ने उनले जनाए । यादव अहिले आफ्नोे क्षेत्रमा घरदैलोमा व्यस्त छन् । दक्षिण मर्चवारका पालिकामा घरदैलो पूरा गरेर मायादेवी र सियारीमा भेटघाट तिब्र बनाएका छन् ।
यसरी घरदैलो गर्ने क्रममा उनले स्थानीयका शिक्षा, स्वास्थ्य, खानेपानी, अस्पताल र पूर्वाधारका समस्या बारे जानकारी लिने र आफू निर्वाचित भएको केही समयमै ती वाचा पूरा गर्ने बताइरहेका छन् ।
मर्चवारका बिरामीले संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्छुः एमाले उम्मेदवार यादव
वाचा भन्दा जनताका समस्या सामाधान गर्ने कुरा महत्वपूर्ण हो : एमाले उम्मेदवार यादव
रुपन्देही–४ का एमाले उम्मेदवार यादवले प्रस्तुत गरे क्षेत्र विकासका २५ योजना
रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै








प्रतिकृया दिनुहोस्