वाचा भन्दा जनताका समस्या सामाधान गर्ने कुरा महत्वपूर्ण हो : एमाले उम्मेदवार यादव


भैरहवा – रुपन्देही क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार प्रमोदकुमार यादवले जनतासित वाचा गर्ने भन्दा उनीहरुका समस्या समाधान गर्ने कुरा महत्वपूर्ण रहेको बताएका छन् । बिगतदेखि दल र नेताले जनतालाई आश्वासन मात्र दिने गरेका कारण सर्वसाधरणमा निराशा बढेको बताउँदैं आफूले जनताका समस्या समाधानमा जोड दिने उनले प्रतिवद्धता व्यक्त गरे ।
जबसम्म समाजका हरेक क्षेत्र समृद्ध बन्दैनन् तबसम्म समृद्ध मुलुकको सपना पूरा नहुने यादवले उल्लेख गरे । त्यसका लागि जनताको जीवनस्तर उकासिन जरुरी रहेको उनले जोड दिए । नागरिकको आर्थिक अवस्था सुधार भएपछि मात्र समृद्धिको सपना यथार्थमा परिणत हुने यादवको भनाई छ ।
‘अब वाचा होइन, हामीले परिणाम खोज्ने हो,’ एमाले उम्मेदवार यादवले भने, ‘देश बनाउने पनि हामीले नै हो ।’ क्षेत्रका विभिन्न ठाउँमा घरदैलो गर्दै यादवले समृद्ध रुपन्देहीको सपना पूरा गर्नका लागि रुपन्देही क्षेत्र नम्बर ४ बाट आफूलाई जिताउन उनले अनुरोध गरे । साथैं क्षेत्र विकासका योजना तर्जूमा गर्न अनुभव चाहिने उनको भनाई छ । बोल्ने मात्रै होइन्, अगाडि सारिएका योजना पूरा गर्न हिम्मत चाहिने उनले बताए । ‘यसपटकको निर्वाचनमा अनुभव र हिम्मत भएको व्यक्ति रोज्नुस्,’ उनले भने, ‘त्यस्तो व्यक्ति मैं हुँ ।’
जनप्रतिनिधिले नै जनताको माझमा रहेर उनीहरुका समस्या सुन्ने र बुझ्ने भएकाले आफू त्यसमा सधैं प्रतिवद्ध रहेको उनले बताए । अहिलेसम्म चुनाव प्रचारका क्रममा रुपन्देही–४ का जनताले देखाएको अपार प्रेमबाट आफू उत्साहित रहेको बताउँदैं उनले भने, ‘म रातदिन तपाईंहरुको सेवामा खटिन तयार छुँ ।’
मुलुकमा नेता धेरै रहेको उल्लेख गर्दै उनले जनताको पक्षमा आवाज उठाउने व्यक्तिको अभाव रहेको बताए । विकासलाई कागजमा सिमित नराखेर यथार्थ रुपमा गाउँमा भित्र्याउन पनि आफूलाई छनोट गर्न उनले आग्रह गरे । उम्मेदवार यादवले आफ्नो क्षेत्र बिकासका लागि विभिन्न १७ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरेर प्रचार गरिरहेका छन् । उनी अहिले आफ्नो क्षेत्रमा घरदैलोमा व्यस्त छन् । उनले आफू २०७४ मा निर्वाचित हुँदा क्षेत्र विकासमा गरेको कामको योगदान सम्झिन समेत आग्रह गरेका छन् ।
रुपन्देही–४ का एमाले उम्मेदवार यादवले प्रस्तुत गरे क्षेत्र विकासका २५ योजना
रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै








प्रतिकृया दिनुहोस्