June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

मर्चवारका बिरामीले संघर्ष गर्नुपर्ने अवस्थाको अन्त्य गर्छुः एमाले उम्मेदवार यादव

Advertisement

भैरहवा– सदरमुकाम भैरहवाबाट २५ किलोमिटर टाढा रहेको मर्चवारमा अहिले पनि सामान्य बिरामी हुँदा छटपटिनु पर्ने अवस्था छ । तत्काल उपचार गर्नु पर्ने खालका बिरामीलाई अस्पताल पुर्याउन नपाउँदै ज्यान गुमाउनु पर्ने विडम्बना कायम छ । मुलुकमा प्रजातन्त्र बहालीको ३० वर्षसम्म अवस्था फेरिएको छैन ।

Advertisement

एमाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार प्रमोदकुमार यादवले नागरिकको यस्तो पीडा अत्य गर्न आफू प्रतिवद्ध रहेको बताएका छन् । उपचार अभावमा नागरिक छटपटिएको आफूले देखेको र कयौं पटक आफैले उपचारका लागि अस्पताल पुर्याएको स्मरण गर्दै उनले भनेका छन्, ‘अब मर्चवारमा कुनै पनि बिरामीले उपचारका लागि संघर्ष गर्नु पर्दैन । म निर्वाचित भए भने त्यस्तो संघर्षको अन्त्य गर्छु ।’

नागरिकलाई राहत पुर्याउन उनले आश्वासन मात्र बाँडेका होइनन् । मर्चवारमै सुविधा सम्पन्न अस्पताल निर्माण गरेर सहज उपचारको व्यवस्था गर्ने योजनाको खाका समेत तयार गरेको उनले बताए । जिल्लाकै स्तरीय अस्पताल निर्माण गरेर आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराइने उनले जनाए। त्यसका लागि आफूले बिगतमा पनि संघीय संसदमा कुरा उठाएको जनाउँदैं अब कुरामात्र होइन्, मर्चवारबासीको उपचार सपना पूरा गरेरै छाड्ने बताए ।

यसरी निर्माण हुने अस्पतालमा २४ सैं घण्टा विशेषज्ञ सेवा उपलब्ध गराइने छ । ‘स्वास्थ्य उपचार नागरिकको अधिकार हो,’ उनले भने, ‘यो कुनै बाध्यता होइन्, मर्चवार क्षेत्रमा लामो समयदेखि राजनीतिक गरेर निर्वाचित हुँदै आएका व्यक्तिले मर्चवारबासीको स्वास्थ्य उपचारलाई अधिकारका रुपमा कहिल्यैं बुझेनन् ।’ २०७४ सालमा आफू निर्वाचित भए पछि संसदमा अस्पतालका लागि कुरा उठान गरेको उनले बताए । त्यसपछि २०७९ मा भएको निर्वाचनमा आफूलाई जनाले संसदमा नपठाएका कारण त्यो मुद्दा ओझेलमा परेको उनले बताए ।

मर्चवार परिवर्तन गर्ने कसम खाएको छुः एमाले उम्मेदवार यादव

वाचा भन्दा जनताका समस्या सामाधान गर्ने कुरा महत्वपूर्ण हो : एमाले उम्मेदवार यादव

रुपन्देही–४ का एमाले उम्मेदवार यादवद्वारा घरदैलो सुरु

मर्चवार नेपालमै पर्छ भनेर चिनाउन चाहन्छुः प्रमोद यादव

रुपन्देही–४ का एमाले उम्मेदवार यादवले प्रस्तुत गरे क्षेत्र विकासका २५ योजना

आधुनिक मर्चवार बनाउने एमाले उम्मेदवार प्रमोदको अठोट

रूपन्देही–४ : पूरानालाई युवा र नयाँ दलको चुनौती, बाचा भने पूरानै