पर्यटकीय पूर्वाधार विकासमा राप्रपा उम्मेदवार गौरव बोहराको जोड


भैरहवा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही–३ का उम्मेदवार गौरव बोहराले पर्यटकीय पूर्वाधार बिकासमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन् । आफ्नो क्षेत्रमा पर्यटकीय विकासका धेरै सम्भावना रहेकाले समृद्ध सहर निर्माणका लागि पर्यटकीय पूर्वाधारमा जोड दिने उनको भनाई छ ।
पर्यटन बिकासका लागि पहिलोचरणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि भूमिका खेल्ने बताए । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुने वित्तिकै सम्भावनाको ढोका खुल्ने उनको भनाई छ ।
उडान नियमित भएपछि गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन समयमै निर्माणका लागि दबाब दिने बताए । विमानस्थल सञ्चालनसँगै आफ्नोे क्षेत्रका सबै पालिका जोड्ने गरी सडक सञ्जाल विकास गरिने बोहराको भनाई छ । रुपन्देहीको अर्को महत्त्वपूर्ण क्षेत्र भनेको भैरहवास्थित बेलहिया नाका हो । मुलुको दोस्रो ठूलो नाका भएकाले त्यहाँ रहेको भन्सार कार्यालयको संरचनात्मक सुधार गरिने बताए ।
रुपन्देहीका उद्योगीको माग अनुसार आईसीपीसम्मै रेल–वे मार्ग ल्याउनका लागि भूमिका खेल्ने बताए । भैरहवामा रहेको अर्को महत्त्वपूर्ण संरचना विशेष आर्थिक क्षेत्र सेजलाई उद्योगमैत्री बनाउने उनको भनाइ छ ।
‘भैरहवाको डण्डा खोलालाई पर्यटकीय करिडोरका रूपमा विकास गरिनेछ,’ उनले भने, ‘युवालाई स्वरोजगार बनाउने वातावरण सिर्जना गर्नेछु ।’ स्वरोजगारीका लागि पर्यटन महत्त्वपूर्ण क्षेत्र रहेको उनले बताए । होटल तथा पर्यटन क्षेत्रमा लगानी बृद्धिका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गरी काम गर्ने उनको भनाई छ ।
धनिराम चौधरीलाई पार्टी प्रवेश गराएपछि राप्रपा रूपन्देही–३ उत्साहित








प्रतिकृया दिनुहोस्