धनिराम चौधरीलाई पार्टी प्रवेश गराएपछि राप्रपा रूपन्देही–३ उत्साहित


भैरहवा– थारु समुदायमा राम्रो पकड भएका नेता धनिराम चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । रुपन्देही–१ का प्रभावशाली नेता चौधरीले २०७९ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेर उल्लेखीय मत प्राप्त गरेका थिए ।
राप्रपा प्रवेश गर्दै चौधरीले रुपन्देहीको राजनीतिक समीकरणलाई नै नयाँ ऊर्जा थपेको उक्त पार्टीले जनाएको छ । राप्रपा प्रवेश गर्दै चौधरीले पार्टीको नीति, सिद्धान्त, उम्मेदवारहरुको इमान्दारिता र विज्ञता बुझेर राप्रपा प्रवेश गरेको जनाए ।
उनले रुपन्देहीका सबै क्षेत्रमा राप्रपाका उम्मेदवारहरुलाई जिताउन आफू खट्ने बताए । रुपन्देही–३ का उम्मेदवार बरिष्ठ पाइलट गौरव बोहरा र राप्रपासँगको सहकार्य केवल राजनीतिक समिकरण नभई विश्वास, साझा लक्ष्य र क्षेत्रीय विकासप्रतिको प्रतिबद्धता रहेको चौधरीको भनाई छ ।
दुवै नेताको एकता र समन्वयले समर्थकहरूको ऊर्जा, संगठनको मजबुती र रुपन्देहीमा सकारात्मक परिवर्तनको आधार झन् सुदृढ भएको जनाइएको छ । चौधरीको प्रवेशले राप्रपाको जितलाई सुनिश्चित गरेको पार्टीले दावी गरेको छ । उम्मेदवार बोहराले धनिरामको साथले आफू र पार्टी पंक्तिलाई उत्साहित बनाएको जनाए । चौधरी शनिबार राप्रपा प्रवेश गरेका थिए ।








प्रतिकृया दिनुहोस्