July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

युद्धविरामका लागि सहमतीमा आए इजरायल–हमास, बन्धक रिहाइ हुने ट्रम्पको घोषणा

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबिच आफ्नो शान्ति योजना अनुरुप इजरायल र हमासबिच युद्ध बिराम भएको घोषणा गरेका छन्।

Advertisement

उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत भने ‘इजरायल र हमास दुवै पक्षले हाम्रो शान्ति योजनाको पहिलो चरणमा सहमति जनाएका छन्।’ट्रम्पले भने ‘यसको अर्थ सबै बन्धकहरू अब छिट्टै मुक्त गरिनेछन्, र इजरायली सेना शान्ति सम्झौता अनुसार सहमति गरिएको रेखासम्म फिर्ता हुने छ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो सम्झौतोलाई ‘इजरायलका लागि ऐतिहासिक दिन’ भन्दै यसलाई अनुमोदन गर्न बिहीबार मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

हमासले पनि सम्झौताको पुष्टि गर्दै ट्रम्प र संलग्न देशहरूलाई इजरायलले सम्झौताका सबै प्रावधानहरू पूर्ण रूपमा पालना गर्ने सुनिश्चित गर्न आग्रह गरेको छ। दुई वर्ष लामो युद्ध अन्त्य हुने आशा पलाए पनि अझै केही महत्वपूर्ण विवरणहरूमा छलफल हुन बाँकी रहेको बीबीसीले जनाएको छ।

इजिप्टमा भइरहेको वार्ता सन् २०२३ अक्टोबर ७ को हमास नेतृत्वको आक्रमणपछिको ठीक दुई वर्ष दुई दिनपछि भएको हो, हमासले इजरायलमा गरेको आक्रमणका क्रममा करिब १,२०० जना मारिएका थिए र २५१ जनालाई अपहरण गरिएको थियो।

त्यसयता गाजामा इजरायली सैन्य कारबाहीका कारण कम्तीमा ६७,१८३ जना मारिएका छन्, जसमा २०,१७९ बालबालिका पनि रहेको जनाइएको छ।