सिटिजन इन्स्योरेन्स र एसियन बुद्ध होटलबीच छुट सुविधा दिने सम्झौता


भैरहवा– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल) बीच छुट सुविधा सम्बन्धी सम्झौता भएको छ । सिटिजनका ग्राहक, अभिकर्ता, बीमित, कर्मचारी, एजेन्सी म्यानेजरलगायत कम्पनीसँग आबद्धलाई छुट प्रदान गर्ने गरी एसिएन होटलसँग सम्झौता भएको हो ।
सम्झौता–पत्र हस्ताक्षर कार्यक्रममा एसियन बुद्ध होटलका जनरल म्यानेजर ओमप्रकाश पाण्डे, अपरेशन म्यानेजर जे.पी. सुवेदी, सिटिजन लाईफ इन्स्योरेन्सका रिजनल म्यानेजर नरेश सिग्देल र भैरहवा शाखा प्रमुख गिरिजा खनालको उपस्थिति थियो । यो सम्झौताको अवधि एक वर्षसम्म लागू हुनेछ ।
चारतारे एसियन बुद्ध होटल सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवामा छ । सोमबार एसिएन होटल र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्नेछ ।
यसअघि एसिएन होटल र एनआईसी एसिया बैंकबीच पनि छुट सम्झौता भएको थियो । सम्झौता अनुसार बैंकको डेबिट, क्रेडिट, प्रिपेड कार्डहोल्डर र मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई होटलले सम्पूर्ण सुविधामा १५ प्रतिशत छुट प्रदान गर्नेछ । त्यसैगरी बैंकका कर्मचारीले पनि होटलका सेवासुविधामा १५ प्रतिशत छुट पाउनेछन् ।








प्रतिकृया दिनुहोस्