गौतमबुद्ध विमानस्थलको पर्खालभित्रको ४ विघा १७ कठ्ठा जमिन व्यक्तिको नाममा दर्ता
भैरहवा– सिद्धार्थनगर नगरपालिका–५ का पर्वतराज कान्त मिश्र नेपालमा बस्दैनन् । उनी भारतको गोरखपुरमा बस्दै आएका छन् । तर, भैरहवादेखि स्याङ्जासम्मका भूमाफियाले उनै मिश्रलाई प्रयोग गरेर हदबन्दी भन्दै सिद्धार्थनगर–१० स्थित काली मन्दिरलाई जग्गा धनी सुर्जा मिश्राइनले २०२२ पुस २० मा उपलब्ध...





