कोटहीमाईमा ओमकारको शाखा विस्तार, विद्यार्थीलाई एआई तालिम दिइने



कोटहीमाई- भैरहवामा मुख्य कार्यालय रहेको ओमकार एजुकेशन एकेडेमीले रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ मा आफ्नो सेवा विस्तार गरेको छ । विद्यार्थीहरूको शैक्षिक तथा व्यावहारिक सीप विकास गर्ने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याइएको एकेडेमीले जनाएको छ । एकेडेमीले यसअघिदेखि नै ट्युसन कक्षा, स्किल बेस्ड कोर्स (सीपमूलक कोर्स) र कम्प्युटर कक्षाहरू सञ्चालन गर्दै आएको छ ।
शाखा विस्तारको अवसरमा एकेडेमीले प्रविधिमैत्री शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले एक हप्तासम्म निःशुल्क ए.आई. (कृत्रिम बौद्धिकता) तालिम सञ्चालन गर्ने जानकारी दिएकोे छ । तालिम एक सय जना विद्याथीलाई प्रदान गरिनेछ ।
एकेडेमीका प्रबन्ध निर्देशक आवश्यकमणि पाण्डेयले सैद्धान्तिक शिक्षा र त्यसको व्यावहारिक प्रयोगबीचको अन्योल हटाउन एकेडेमीले सहजीकरण गर्ने बताए । ‘हामीले किताबी ज्ञान त पढेका छौँ, तर त्यो पढेको ज्ञानलाई कहाँ र कसरी सही ढङ्गले प्रयोग गर्ने भन्नेमा विद्यार्थीमा अन्योलता छ, त्यसलाइृ हटाउन हामीले भूमिका खेल्छौं ।’
सम्मरीमाई गाउँपालिका–१ का अध्यक्ष शिवकुमार यादवले मर्चवार क्षेत्र शिक्षाको हिसाबले अझै पछाडि रहेको बताउँदै स्थानीय सरकारले शिक्षा क्षेत्रमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । ‘शिक्षा हरेक क्षेत्रका लागि अति आवश्यक छ । यदि शिक्षाको विकास भयो भने समाजका अन्य धेरै समस्याहरू आफैँ समाधान भएर जान्छन्’, उनले भने ।
नयाँ शाखा सञ्चालन र निःशुल्क ए.आई. तालिमको घोषणाले स्थानीय विद्यार्थीहरूलाई प्रविधि सिकेर आत्मनिर्भर बन्न ठूलो सहयोग पुग्ने अपेक्षा संचालकको छ ।








प्रतिकृया दिनुहोस्