March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

रुटको रेकर्डमा भारतविरुद्ध इंग्ल्याण्डलाई ठूलो अग्रता

भारत र इंग्ल्याण्डबीच ५ खेलको शृङ्खालाको तेस्रो टेस्ट लिड्सको हेडिङ्ग्लीमा जारी रहेको छ । इंग्ल्याण्डका कप्तान जो रुट भारतविरुद्ध सबैभन्दा धेरै शतक बनाउने क्लबमा सामेल भएका छन् । उनको १ सय २१ रनको मद्दतले इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ४ सय २३ रन बनाएको छ । भारतको पहिलो पारी मात्र ७८ रनमा समेटिएको थियो । योसँगै इंग्ल्याण्डले ३ सय ४५ रनको अग्रता बनाइसकेको छ ।

Advertisement

भारतविरुद्ध रुटको यो आठौँ शतक हो । योसँगै भारतविरुद्ध सबैभन्दा बढी ८ शतक बनाउने खेलाडीहरूको सूचीमा उनी समावेश भएका छन् । यो सूचीमा स्टीभ स्मिथ, रिकी पोन्टिङ, विवियन रिचर्ड्स र ग्यारी सोबर्स रहेका छन् । त्यस्तै, भारत र इंग्ल्याण्डबीचको खेलमा सबैभन्दा बढी शतक लगाउने खेलाडी पनि बनेका छन् । उनले राहुल द्रविड, सचिन तेन्दुल्कर र एलिस्टर कुकको रेकर्ड तोडे । तीन जनाले ७ वटा शतक बनाएका थिए ।

Advertisement

कप्तानका रुपमा उनको यो १२ औँ शतक हो । यस मामिलामा उनले एलिस्टर कुकको रेकर्ड पनि बराबरी गरेका छन् । सन् २०२१ मा रुटले ६ वटा शतक लगाइसकेका छन् । यस्तो उपलब्धि हासिल गर्ने उनी इंग्ल्याण्डका तेस्रो ब्याट्सम्यान हुन् ।

इंग्ल्याण्डका लागि डेविड मलानले ७०, हसिम हमिदले ६८ तथा रोरी बर्नस्ले ६१ रनको योगदान दिए । भारतका लागि मोहम्मद शमीले ३ तथा मोहम्मद सिराज र रवीन्द्र जडेजाले २–२ विकेट लिए । जसप्रीत बुमराहले १ विकेट लिए ।