July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्य निरन्तर

Advertisement

भैरहवा–एमाले र नेकपाबीच प्रदेशमा सत्ता समीकरण बनेसँगैं नयाँ मुख्यमन्त्री को हुने भन्ने विवाद सकिएको छ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यले नै निरन्तरता पाउने भएपछि अन्य दावी स्वतः निष्कृय बनेका हुन् ।

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री आचार्य र पूर्वमुख्यमन्त्री एमाले नेता लिला गिरीसहितको बिहिबार काठमाडौंमा भएको छलफलपछि मुख्यमन्त्रीमा आचार्यलाई निरन्तर दिने सहमति भ्एको हो । लिला गिरी बुधबारदेखि काठमाडौंमै थिए । भने मुख्यमन्त्री आचार्य बिहिबार काठमाडौं गएका थिए ।

एमालेबाट नयाँ मुख्यमन्त्रीका लागि पूर्वमुख्यमन्त्री लीला गिरी, पूर्वमन्त्री भूमिश्वर ढकाल, संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, पूर्वमन्त्री विष्णु पन्थीलगायत आकांक्षी थिए । लुम्बिनीमा कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि एमाले र नेकपाको सरकार बन्ने भएको छ ।

मुख्यमन्त्री आचार्यले सरकारको नेतृत्व निरन्तर हुने सहमति भएको र अब सरकार विस्तारका लागि नेकपासँग औपचारिक छलफल हुने बताए । ‘पार्टीको तर्फबाट छलफल टुंगिएर प्रक्रियामा गयो, मेरो निरन्तरतामै सरकार विस्तार हुन्छ,’ उनले भने, ‘अब नेकपासँग पनि औपचारिक छलफल सुरू गर्छौं ।’

लुम्बिनीमा यसअघि एमाले–माओवादी गठबन्धन टुटेपछि कांग्रेसको समर्थनमा ७ साउन २०८१ मा एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री बनेका थिए । सरकारबाट २७ सदस्यसहितको कांग्रेस बाहिरिँदा १३ सदस्य रहेको नेकपा र ३ सदस्य रहेको लोसपाले समर्थन गर्ने भएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा हाल ८३ सांसद छन् । तीमध्ये एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ ९सभामुखसहित०, जसपा नेपालका २, राप्रपाका ४, जनमत पार्टीका ३, लोसपाका २ तथा जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका १–१ सांसद छन् ।