सेभियाको दोस्रो जित


स्पेनिस ला लिगा फुटबलमा सेभियाले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा सेभियाले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
गेटाफेको घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन इरिक लामेलाले निर्णायक गोल गरे । उनले खेलको इन्ज्यूरी समयमा गरेको गोलले नै सेभियालाई जित दिलाउन प्रयाप्त भयो ।
जितसँगै सेभियाले २ खेलबाट ६ अंक जोडेको छ । सेभिया तालिकाको शीर्ष स्थानमा रहेको छ । यता गेटाफेको भने दोस्रो हार हो ।







प्रतिकृया दिनुहोस्