May 12, 2025, Monday
२०८२ बैशाख २९

सेभियाको दोस्रो जित

 स्पेनिस ला लिगा फुटबलमा सेभियाले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा सेभियाले गेटाफेलाई १–० गोल अन्तरले पराजित गरेको हो । 

गेटाफेको घरेलु मैदानमा भएको खेलमा सेभियालाई जित दिलाउन इरिक लामेलाले निर्णायक गोल गरे । उनले खेलको इन्ज्यूरी समयमा गरेको गोलले नै सेभियालाई जित दिलाउन प्रयाप्त भयो । 

जितसँगै सेभियाले २ खेलबाट ६ अंक जोडेको छ । सेभिया तालिकाको शीर्ष स्थानमा रहेको छ । यता गेटाफेको भने दोस्रो हार हो ।