November 28, 2023, Tuesday
१२ मंसिर २०८०, मंगलवार

अस्ट्रेलियाविरुद्ध बङ्गलादेशको ऐतिहासिक जीत

नाथन इलिसले अस्ट्रेलियाका लागि डेब्यू खेलमा नै ह्याट्रिक गरेका छन् । यसका बावजुद तेस्रो टी–२० खेलमा अस्ट्रेलिया बङ्गलादेशसँग १० रनले पराजित बनेको छ ।

Advertisement

डेथ बलिङ स्पेसलिस्ट मानिने इलिस टोलीमा ‘रिजर्भ’ का रुपमा मात्र रहेका थिए । तर, राइली मेरेडिथ घाइते भएपछि टोलीमा छानिएका थिए । उनले मोहमदुल्लाह, मेहदी हसन र मुस्तफिजुर रहमानको विकेट लिँदै ह्याट्रिक पुरा गरे । २६ वर्षीय खेलाडी टी–२० को डेब्यू खेलमा ह्याट्रिक लिने पहिलो खेलाडी हुन् ।

Advertisement

ढाकामा बङ्गलादेशले पहिलो इनिङमा ९ विकेटको क्षतिमा १२७ रन बनायो । तर, अस्ट्रेलियाले जवाफमा ४ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । योसँगै बङ्गलादेशले पाँच खेलको शृङ्खलामा ३–० को अग्रता बनाउन सफल भएको छ । 
 

अस्ट्रेलियाविरुद्ध बङ्गालदेशले कुनै पनि फर्म्याटमा शृङ्खला जितेको यो पहिलो अवसर हो । उता, अस्ट्रेलियाले लगातार पाँचौ शृङ्खला गुमाएको छ ।