October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

यूरोकप : नेदरल्याण्डसँगै ​अस्ट्रिया पनि नकआउट चरणमा

युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलोपटक यूरोकपको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति सम्पन्न खेलमा अस्ट्रियाले युक्रेनलाई १–० गोलले हरायो । युवा खेलाडी क्रिस्टोफर बौमगार्टनरले पहिलो हाफमा गरेको एक मात्र गोल खेलमा निर्णायक बन्यो ।

जीतसँगै समूह सीमा अस्ट्रिया ६ अंक बटुल्दै दोस्रो स्थानमा रहन सफल भयो । अब अस्ट्रियाले शनिबार अन्तिम १६ को खेलमा इटालीको सामना गर्नेछ । तेस्रो स्थानमा रहेको युक्रेनले आफ्नो भाग्यको फैसलाका लागि समूह चरणको अन्त्यसम्म पर्खनुपर्नेछ ।

उता, समुह विजेता बनेको नेदरल्याण्डले उत्तरी मेसेडोनियालाई ३–० ले हरायो । नेदरल्याण्डलाई जीत दिलाउन मेम्फिस डिपेले एक गोल गरे भने जर्जिनियो विजनाल्डमले दुई गोल गरे । नेदरल्याण्डले समूह चरणका सबै खेलमा जीत हासिल गर्दै आफूलाई उपाधिको प्रबल दाबेदारको रुपमा उभ्याएको छ ।