युरोकपः स्वीट्जरल्याण्डको जित, नकआउट पुग्ने सम्भावना
युरोकप फुटबल अन्तर्गत आइतबार राति भएको समूह ए अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डले महत्वपूर्ण जित दर्ता गरेको छ ।
टर्कीमाथि ३–१ को जित निकालेको स्वीट्जरल्याण्डले समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बनेर अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना जीवित राखेको हो ।
स्वीट्जरल्याण्डका लागि जेर्डान शाक्वीरीले दुई तथा हारिस सेफरोविचले एक गोल गरे । सेफरोविचले छैटौँ मिनेटमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाए ।
शाक्वीरीले २६ र ६८ औँ मिनेटमा गोल गरेका हुन् । तीनै गोलका लागि स्टिभन जुवेरले सहयोग गरेका हुन् । टर्कीका लागि काहवेचीले ६२ औँ मिनेटमा एक गोल फर्काएका हुन् ।
समूह ए बाट इटाली र वेल्स नकआउट चरणमा प्रवेश गरेका छन् । स्वीट्जरल्याण्डले भने अघिल्लो चरण पुग्ने नपुग्ने निर्णयका लागि समूह चरणका खेल सकिँदासम्म पर्खिनु पर्ने भएको छ ।
प्रतिकृया दिनुहोस्