कोपा अमेरिकाः अर्जेन्टिनाको जित, उरुग्वे स्तब्ध


लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित दर्ता गरेको छ ।
पहिलो खेलमा चिलेसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिनाले नेपाली समय अनुसार शनिबार बिहान भएको खेलमा बलियो टिम उरुग्वेलाई पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा १३ औँ मिनेटमा गुइडो रोड्रिग्वेजले गरेको गोल नै निर्णायक बन्यो । सो गोलका लागि गुइडोलाई मेस्सीले सहयोग गरेका हुन् ।
त्यसपछि पनि गोल गर्ने केही राम्रा मौका बनाए पनि गोल लौतारो मार्तिनेजसहितले गोल गर्न सकेनन् ।
यस्तै उरुग्वेका लागि लुइस स्वारेजसहितले गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेनन् । स्वारेजले गरेको प्रहार पोलमा लागेर फर्किएको थियो ।
यसअघि नेपाली समय अनुसार शनिबार बिहानै भएको खेलमा चिलेले बोलिाभियामाथि १–० कै जित दर्ता गरेको थियो । पहिलो खेलमा चिले र अर्जेन्टिनाले १–१ को बराबरी खेलेका थिए ।
उरुग्वेको भने यो पहिलो खेल हो । पहिलो खेलमै उ पराजित भएको छ । अब मंगलबार उरुग्वेले चिले तथा अर्जेन्टिनाले पाराग्वेसँग प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिकृया दिनुहोस्