July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

युरोकप २०२१ : पोर्चुगलको विजयी सुरुवात

साविक विजेता पोर्चुगलले युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ। समूह ‘एफ’अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले मंगलबार हंगेरीलाई ३-० गोलले हरायो।

पोर्चुगलले अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो। ८४ औँ मिनेटमा राफायल गुएर्रोले अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटलगत्तै पोर्चुगलले पेनाल्टी प्रहारको मौका पाएको थियो जसमा क्रिस्टियानो रोनाल्डो सफल रहे। दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल थपेका थिए। अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोको गोल संख्या एक सय ६ पुगेको छ।

उनी इरानका अलि दाईको कीर्तिमान बराबरी गर्नबाट ३ गोलले मात्र पछाडि छन्। उनी युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले मिचेल प्लाटिनीको नाममा रहेको ९ गोलको कीर्तिमान तोडेका हुन्। प्रतियोगितामा  रोनाल्डोको गोल संख्या ११ पुगेको छ। उनी युरोपियन च्याम्पियन्स लिगका पनि सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्।

Advertisement