चेल्सी च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो
चेल्सीले आउँदो सिजन च्यापिम्यन्स लिग फुटबलमा छनौट हुने सम्भावना बलियो बनाएको छ ।
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटीमाथि चेल्सीले २–१ को जित दर्ता गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि ४७ औँ मिनेटमा रुडिगर तथा ६६ औँ मिनेटमा पाएको पेनाल्टीमा जोर्गिन्होले गोल गरेका हुन् । लेस्टर सिटीका लागि इहिनाचोले ७६ औँ मिनेटमा एक गोल फर्काए ।
जितपछि तेस्रो स्थानको चेल्सीको ३७ खेलबाट ६७ अंक भएको छ । चौथो स्थानमा झरेको लेस्टर सिटीको ६६ अंक छ । तीन दिन पहिला लेस्टर सिटीले चेल्सीलाई १–० ले पराजित गरेर एफए कप फुटबलको उपाधि जितेको थियो ।
प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएका अरु खेलमा उपाधि जितेको म्यानचेस्टर सिटी ब्राइटनसँग ३–२ र लीड्सले साउथह्याम्पटनलाई २–० ले पराजित गर्दा म्यानचेस्टर युनायटेड र फुलह्यामले १–१ को बराबरी खेलेका छन्।
प्रतिकृया दिनुहोस्