April 18, 2025, Friday
२०८२ बैशाख ५

करिम बेन्जिमा ६ वर्षपछि फ्रान्सको राष्ट्रिय टिममा

झण्डै ६ वर्षपति करिम बेन्जिमा राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका छन् । रियल मड्रिडका स्ट्राइकर बेन्जिमा युरोपकका लागि फ्रान्सले घोषणा गरेको २६ खेलाडीको टिममा परेका हुन् ।

सन् २०१५ यता बेन्जिमाले राष्ट्रिय टिमबाट खेलेका छैनन् । ३३ वर्षका बेन्जिमाले युरोकप २०१६ र विश्वकप २०१८ मा खेल्न पाएनन् । राष्ट्रिय टिममा साथी खेलाडीलाई ब्ल्याकमेल गर्न खोजेको आरोपसम्बन्धी अनुसन्धानका कारण उनी टिम बाहिर रहन बाध्य भए ।

Advertisement

गएको जनवरीमा फ्रान्सेली अनुसन्धानकर्ताले बेन्जिमाले सुनुवाईको सामना गर्नु पर्ने बताएका थिए ।

उनीमाथि ३६ वर्षे मिडफिल्डर माथिउ भाल्बुएनासँग सेक्स टेप सार्वजनिक गर्ने धम्की दिँदै पैसा लिन खोजेको आरोप लागेको थियो । तर प्रहरीले आफूमाथि झुट आरोप लगाएको बेन्जिमाले बताउँदै आएका छन् ।