July 30, 2026, Thursday
२०८३ श्रावण १४ बिहीबार

संघर्षपूर्ण पुनरागमनसहित म्यानचेस्टर सिटी विजयी

उपाधि पक्का गरेपछिको पहिलो खेलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित दर्ता गरेको छ।

Advertisement

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा दुईपटक पछि परेर पनि पुनरागमन गरि न्यूक्यासल युनाइटेडमाथि ४–३ को जित दर्ता गरेको हो ।

Advertisement

घरेलु टोली न्यूक्यासलका लागि एमिल क्राफ्थले २५ औँ मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । ३९ औँ मिनेतमा क्यानसेलो तथा ४२ औँ मिनेटमा फेरान टोरेसले गोल गरेपछि म्यानचेस्टर सिटीले अग्रता लियो ।

तर पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा पाएको पेनाल्टीमा जोलिन्टन तथा ६२ औँ मिनेटमा विलकले गोल गरेपछि न्यूक्यासलले अग्रता बनायो । टोरेसले ६४ र ६६ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गर्दै म्यानचेस्टर सिटीलाई पुनरागमनसहित जित दिलाए ।

जितपछि उपाधि पक्का गरिसकेको म्यानचेस्टर सिटीको ३६ खेलबाट ८३ अंक भएको छ । १६ औँ स्थानमा रहेको न्यूक्यासलको ३६ खेलबाट ३९ अंक छ ।