July 29, 2026, Wednesday
२०८३ श्रावण १४ बिहीबार

रामकुमारी झाँक्रीको चेतावनी– एकता अनेकतामा विभाजित हुन सक्छ

Advertisement

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्ने बताएकी छिन् ।

Advertisement

सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– ‘व्यक्तिको आवश्यकता र व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ। इतिहासको वास्तविकता यस्तै छ। मान्छे नै थपेर बहुमत पुराउन त सकिन्छ तर त्यस्तो बहुमतले सबैको भावना बोक्छ भन्ने चाहिँ होइन।’

एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबिच एकताको तयारी हुँदै गर्दा नेताहरूबाट फरक फरक मत आइरहेको छ ।