मतदाताको मन जित्दै रास्वपा उम्मेदवार थापा


भैरहवा– मत माग्ने उद्देश्यले जनताको घरदैलोमा पुगिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापाले मतदाताको मन जितिरहेका छन् । आफ्नो क्षेत्रका ३६ वडामा पुगेर आफ्ना योजना सुनाइसकेका चिकित्सक थापालाई भोट मागेर मात्र सुख छैन । उनले हात जोडेर मत माग्दा गाउँघरमा स्वास्थ्य समस्या भएका व्यक्ति समस्या सुनाउन आइहाल्छन् ।
यसरी आउने व्यक्तिलाई उनले समय दिने गरेका छन् । समर्थकले ढिलो भएको संकेत गर्दा समेत उनी बिरामीका कुरा सुन्ने र स्वास्थ्य परामर्श दिने गर्छन् । कतिपय मतदाता यसअघिका उम्मेदवारलाई पीडा सुनाउँदा–सुनाउँदा आजित भइसकेको जनाउँदै डा.थापा समक्ष जग्गाधनी पूर्जादेखि शिक्षा, स्वास्थ्य र रोजगारी नपाएको दुखेसो पोग्छन् । नागरिकका यस्ता समस्या सुनेपछि थापा भावुक हुन्छन् । कतिपय ठाउँमा मतदाताका कुरा सुनेर थापा रोएका पनि छन् ।
यसपटकको चुनावलाई उनले समाज बुझ्ने पाठशालाका रुपमा लिएका छन् । सधैं आफ्नो कार्य कक्षमा बिरामी जाँच्ने र उनीहरुका सुखदुःखसित परिचित उनले यसपटक ग्रामीण समाजको संरचना र त्यहाँ रहेका आधारधूत समस्याबारे पनि बुझिरहेका छन् । ‘यसरी नागरिकका समस्या बुझ्दा संसदमा पुगेर नीति बनाउने बेला सहयोग पुग्छ,’ उनले भने, ‘पहिले त जनता बुझ्नुपर्यो । अनि उनीहरुका समस्याबारे संसदमा आवाज उठाउन सकिन्छ ।’
झोलामा निर्वाचन क्षेत्रका समस्या टिपोट गर्न ‘लग बुक’ राखेका थापाले निर्वाचन क्षेत्रको समान विकासका लागि खाका समेत बनाइसकेका छन् । थापाले क्षेत्र विकासका लागि अघि सारेका योजनाले मतदातालाई आकर्षित गरिरहेको छ । पहिलो पटक उम्मेदवार भएका डा. थापाको मतदाता कुरा सुन्ने र त्यसको जवाफ दिने बानीले यस क्षेत्रका बासिन्दालाई आशावादी बनाएको छ ।
रास्वपाका चुनावी कमाण्डर नारायणप्रसाद भण्डारीका अनुसार आफ्ना उम्मेदवार डा.थापाले निर्वाचन क्षेत्रका ३६ वडामा पुगेर आफ्नो एजेन्डा र समृद्धिको खाका मतदातामाझ प्रस्तुत गरिसकेका छन् । मत माग्नमात्र नभई क्षेत्रको भूगोल, सम्भावना र समस्याको अध्ययनसहित स्पष्ट ‘ब्लुप्रिन्ट’ लिएर जनताको आँगनमा पुगिरहेको भण्डारीले जानकारी दिए ।
कमाण्डर भण्डारीका अनुसार डा.थापाले तयार गरेको योजनाको केन्द्रबिन्दुमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छ । ‘विमानस्थल त बन्यो,’ भण्डारीले भने, ‘तर अहिलेसम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन सकेन भन्ने कुराले उहाँलाई चिन्तित तुल्याएको छ ।’ आफू निर्वाचित भएपछि विमानस्थल सञ्चालनका लागि पहल गर्ने थापाको प्रतिबद्धता छ । यसले रुपन्देही–३ लाई देशकै प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने भण्डारीले बताए ।
रास्वपा उम्मेदवार डा.लेखजंगको बाचाः नमूना विद्यालयदेखि पर्यटकीय डण्डा कोरिडोरसम्म
मतदाताबाट पाएको अपार माया र सद्भावले हौसला बढाएको छः डा.लेखजंग
जनताको आँगनमा मत भन्दा पहिले परिवर्तनको मन भेटिन्छः रास्वपा उम्मेदवार डा.थापा
रास्वपा उम्मेदवार लेखजंगको लक्ष्य- स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार
डा.लेखजंग थापा : जसले बोकेका छन् विकसित र समृद्ध क्षेत्रको अठोट
देश दिर्घरोगी जस्तै बन्दै गएपछि राजनीतिमा आएँः रास्वपा उम्मेदवार डा.थापा
पाकापुस्ताको आशीर्वाद लिँदै मतदाता भेटघाटमा रास्वपा उम्मेदवार डा.लेखजंग








प्रतिकृया दिनुहोस्