नेपाल–चीन सम्बन्ध जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड


दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ औं स्थापना दिवसको अवसरमा नेपाल–चीन मैत्री समाज, लुम्बिनीद्वारा शनिबार आयोजित कार्यक्रममा ऐतिहासिक मित्रता, पारस्परिक विश्वास र सहकार्यका विविध आयामलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिइएको हो ।
नेपाल र चीनबीचको सम्बन्ध केवल कूटनीतिक सीमामा मात्र सीमित नभई सभ्यता, संस्कृति, शिक्षा, पर्यटन, व्यापार र जनस्तरको आत्मीयतामा समेत आधारित हुनुपर्ने कुरामा विशेष जोड दिइएको थियो । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. माणिकरत्न शाक्य, नेपाल–चीन मैत्री समाजका अध्यक्ष मनीषकुमार जोशी र वरिष्ठ उपाध्यक्ष डा. ऋषिराम शर्मा, वल्र्ड कन्फुयुसिएस सेन्टर लुम्बिनी बौद्ध विश्वविद्यालय प्रमुख ताङ हुन मेई रहेका थिए ।
त्यस्तै लुम्बिनी जुङहुवा विहारका यानावा सीले नेपाल र चीनबीच सात दशक लामो समयदेखि निरन्तर विकसित हुँदै आएको मित्रताको यो उत्सव केवल कूटनीतिक सम्बन्धको स्मरण मात्र नभई दुई सभ्यता, दुई संस्कृति र दुई देशका जनताबीचको आत्मीयता, विश्वास र सहकार्यलाई थप प्रगाढ बनाउने प्रेरणादायी अवसरका रूपमा रहेको कुरामा जोड दिएका थिए ।








प्रतिकृया दिनुहोस्