मर्चवारीमाईका वर्तमान र पूर्वअध्यक्षबीच भ्रष्टाचार गरेको आरोप–प्रत्यारोप


भैरहवा– विकास निर्माणलाई लिएर प्रतिस्पर्धा गर्नुपर्ने बेला रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाका वर्तमान र पूर्वअध्यक्ष आरोप–प्रत्यारोपमा उत्रिएका छन् । उनीहरुबीच पालिकामा देखिएका समस्या समाधानका लागि छलफल दुर्लभै हुन्छ । बरु, अहिले भ्रष्टाचारलाई लिएर एकअर्काबीच भनाभन भइरहेको छ ।
प्रसंग एक साता अघिको हो । मर्चवारीमाई गाउँपालिकाले एउटा कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा पालिकाका कामकारबाहीलाई लिएर आलोचना भएपछि गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले आफ्नो कार्यकाल गाउँपालिकाका लागि स्वर्णिम भएको दाबी गरे । आफ्नो कार्यकालमा कुनै हिनामिना र लापरबाही नभएको जनाउँदै आफ्नो भन्दा अगाडिका जनप्रतिनिधिले पारदर्शी काम नगर्दा समस्या भइरहेको जिकिर गरे ।
उक्त कार्यक्रममा अध्यक्ष बरईले पूर्व गाउँपालिका अध्यक्ष केशवनन्द बनियाँले घर भाडादेखि विभिन्न क्षेत्रमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । कार्यक्रममा वर्तमान अध्यक्ष बरईले पूर्वअध्यक्ष बनियाँले ९२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाए । ‘पालिकाका पूर्वअध्यक्ष बिरुद्ध ९२ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा छ,’ उनले भने, ‘आफ्नो कार्यकालमा के काम गर्नुभयो, खै केहि देखिँदैन त ?’
त्यसबेला बनियाँले पालिकाको कार्यालय बनाउनतर्फ ध्यान दिएनन । ‘आफनै घर बनाएर पालिकालाई उतै सारे,’ अध्उक्ष बरईले भने, ‘महिनाको ८० हजार दरले भाडा खाइरहेका छन् ।’ अध्यक्ष बरईले बनियाँको नियत नै ठिक नरेहेको सुनाए । त्यस विपरित स्रोध साधन अभावमा आफूले पालिकामा राम्रो काम गरेको बताए । पालिक भित्रका सबै योजनाको आफैले अनुगमन गरेको बताए । चार वर्षमा बल्लतल्ल पालिकाको आफ्नै भवन निर्माण गर्न लागिएको उनले बताए ।
पूर्वअध्यक्ष बनियाँले आरोपको खण्डन गरेका छन् । पब्लिक कुरासित टेलिफोन कुराकारनीका क्रममा बनियाँले आफूले २०८० सालमै भ्रष्टाचार मुद्दामा सफाई पाइसकेको बताए । ‘मलाई अदालतले सफाई दिइसकेको छ,’ बनियाँले भने, ‘अहिले मलाई कुनै मुद्दा लागेको छैन् ।’ आरोप लगाउनेलाई आगामी दिनमा जनताले दवाफ दिने उनले बताए ।
‘अध्यक्षलाई घर भाडाको विषयमा आपत्ती छ भने पचास हजारमा अर्को घर भाडामा खोजेर बसे हुन्छ,’ उनले भने, ‘मेरै घरमा किन बस्नु पर्यो ।’ उनले तत्कालीन समयमा कार्यालय व्यवस्थापनमा समस्या भएपछि आफ्नो घर प्रयोग गरिएको जनाए । बरु, अहिले पालिकामा सुशासनहीन कामले प्रसय पाइराखेको उनले दावी गरे । अध्यक्ष बरईकै मिलेमतोमा लाखौं भ्रष्टाचार भएको बनियाँको दावी छ ।








प्रतिकृया दिनुहोस्