बिद्युत प्रशारण वारे मर्चवारवासीद्वारा ध्यानाकर्षण


भैरहवा–बिद्युत आपूर्तीमा वारम्बार हुने अवरोध र कम भोल्टेजका कारण हजारौं घर परिवार समस्यामा परेपछि रुपन्देहीको मर्चवार क्षेत्रका स्थानीयवासीन्दाले नेपाल बिद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन् ।
उनीहरुले मंगलवार नेपाल बिद्युत प्राधिकरण भैरहवा बितरण केन्द्रमा आइ बिद्युत प्रशारणको वास्तविक समस्याका वारेमा अवगत गराउँदै नियमित बिद्यु्त आपूर्ती र गुणस्तरीय बिद्युतको माग गरेका हुन् । मर्चवार क्षेत्रमा लामो समयदेखि कम भोल्टेज तथा नियमित विद्युतका कारण मर्चवार क्षेत्रमा घरायसी विद्युतीय उपकरणहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको र कृषि तथा दैनिक जनजीवनमा समेत समस्या आएको छ ।
स्थानीयवासी मदन कुमार यादवका अनुसार विशेषगरी साँझ र बिहानको समयमा भोल्टेज अत्यन्त कम हुने गरेको छ र यसका कारण मोटर, पम्पसेट, फ्रिज, एसी, कम्प्युटर लगायतका विद्युतीय उपकरणहरू सञ्चालनमा कठिनाइ हुने गरेको बताए । ‘बारम्बार बिद्युत आपुर्तीमा हुने अवरोध र न्युन भोल्टेजले अहिलेको गर्मीमा पंखा समेत नचल्दा गर्मीको सास्तखेप्नु परेको छ’ उनले भने, ‘यस बोहक उपकरण बिग्रिने जोखिमसमेत बढेको छ ।’
उनीहरुको निवेदन बुझदै नेपाल विद्युत् प्राधिकरण भैरहवा बितरण केन्द्रका प्रमुख सुरज रेग्मीले मर्चवार क्षेत्रको विद्युत् प्रणाली सुधारका लागि आवश्यक काम भइरहेको जानकारी बताए ।
अहिले मर्चवार क्षेत्रमा विद्युत् भार (लोड) बढेका कारण आवश्यकता अनुरुपको भोल्टेज उपलब्ध गराउन कठिनाइ भइरहेको उनले जनाए । समस्या समाधानका लागि बिद्युत प्रशारण लाइन स्तरोन्नति, प्राविधिक सुधार तथा आवश्यक पूर्वाधार विस्तारको काम निरन्तर अगाडि बढाइएको उनले बताए ।
रेग्मीका अनुसार अबको तीन महिनाभित्र यस क्षेत्रमा पूर्ण भोल्टेज उपलब्ध गराउने लक्ष्यसहित काम भइरहेको छ । ‘अहिले भोल्टेजको कमी भए पनि समस्या समाधानका लागि आवश्यक सबै प्राविधिक प्रक्रिया अघि बढिसकेको छ’ रेग्मीले भने, ‘तीन महिनाभित्र उपभोक्ताले पूर्ण भोल्टेज प्राप्त गर्नेछन् ।’








प्रतिकृया दिनुहोस्