May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

आज वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै लुम्बिनी सरकार

दाङ– लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३–२०८४ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश सभाको दिउँसो १ बजे बस्ने आठौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सरकारको ‘वार्षिक नीति तथा कार्यक्रम’ प्रदेश सभामा प्रस्तुत गर्ने तय भएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन तथा पूर्वाधार विकास लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर ल्याउने तयारी गरेको छ । प्रविधिको विकासमा समेत नीति तथा कार्यक्रममा ध्यान दिइनेछ ।

Advertisement