August 16, 2026, Sunday
२०८३ श्रावण ३१ आईतवार

विकट क्षेत्रमा नि:शुल्क आँखा शिविरमार्फत् विशेषज्ञ उपचार सेवा

Advertisement

भैरहवा– बाग्लुङको विकट मानिने गलकोटमामा दुई दिने आँखा शिविर सञ्चालन गरि ३ सय भन्दा धेरैलाई विशेषज्ञसहितको उपचार सेवा उपलब्ध गराइएको छ ।

Advertisement

रुपन्देहीको भैरहवामा रहेको गैरनाफामूलक संस्था हरिकृष्ण आई केयर फाउण्डेशनको आयोजना र सिद्धार्थनगर–१२ स्थित श्रीकृष्ण नेत्रालय प्रालिको प्राविधिक सहयोगमा मल्म–७, गलकोटस्थित श्री कृष्ण भैरव आँखा उपचार केन्द्रमा शिविर सञ्चालन गरिएको हो । वैशाख २० र २१ गते आयोजना गरिएको उक्त निःशुल्क शिविरमा नेत्र परीक्षण र शल्यक्रिया समेत गरिएको थियो । आँखाको शल्यक्रियाका लागि काठमाडौंस्थित इम्प्रुभिङ लाइभ नेपाल नामक संस्थाले सहयोग उपलब्ध गराएको थियो ।

हरिकृष्ण आई केयर फाउण्डेशन र श्रीकृष्ण नेत्रालय प्रालिले विगत सात वर्षदेखि उक्त स्थानमा निःशुल्क नेत्र शिविर सञ्चालन गर्दै आएका छन् । दुर्गम र बिकट क्षेत्रका आँखाका विरामीलाई विशेषज्ञ सेवासहितको उपचार उपलब्ध गराउने र आँखाको सुरक्षाका वारेमा जनस्तरमा जनचेतना जगाउने मूख्य उद्देश्य शिविरको हो ।

‘त्यस क्षेत्रबाट आँखाको विशेषज्ञ उपचार सेवा लिन तथा शल्यक्रिया गर्नु परेमा बाग्लुङ बजार, पोखरा वा बुटवल आउनु पर्ने बाध्यता त्यस क्षेत्रका वासिन्दामा छ’, श्रीकृष्ण नेत्रालय प्रालिका प्रमुख व्यवस्थापक आमोद सिंहले भने, ‘आँखा शिविर लगाइएको आसपास क्षेत्र अशिक्षा, गरिवी, चेतनाको कमी, रुडीबादी तथा परम्परागत उपचार पद्दती र कष्टकर जीववशैली लगायत कारणले आँखाको उपचार तथा सुरक्षा धेरै जोखिम हुने गरेको छ ।’

उनकाअनुसार तत्काल आसपास क्षेत्रमा नेत्र विशेषज्ञको सहज उपलब्धत नहुनु र रुढीबादी परम्पराका कारण कैयन् बिरामीले आँखालाई असर पार्ने झारपात, बनष्पतीको प्रयोग गर्ने र झारफुक गर्ने कारणले आँखाको जोखिम बढी हुने गर्छ ।

शिविरमा ३ सय १६ जनाको आँखा परीक्षण गरिएको थियो । वरिष्ठ नेत्र रोग विशेषज्ञ प्रा.डा.सल्मा केसीले ३१ जनाको निःशुल्क मोतीयाबिन्दुको शल्यक्रिया गरेकी थिइन् । गाउँमै शिविरमार्फत् मोतियाविन्दुको शल्यक्रिया गराउन पाउँदा स्थानीय निकै हर्षित भएको शिविरमा सहभागी चिकित्सकहरु बताउँछन् ।