July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

भैैरहवा नाकाबाट धमाधम भित्रिँदै एमआरपीको कारण रोकिएका आयातित सामान

Advertisement

भैरहवा–भन्सार विभागले सहजीकण गरेपछि अधिकतम खुद्रा मूल्य (एमआरपी) का कारण रोकिएको बिदेशबाट आयातीत वस्तुको आयात प्रकृया भैरहवा भन्सार नाकाबाट सहज हुन थालेको छ ।

Advertisement

भन्सार विन्दुमै अनिवार्य अधिकतम खुद्रा मूल्य उल्लेख गर्नु पर्ने नियमले बिगत दश दिनदेखि असहज बनेको आयात प्रकृया भन्सार विभागको सहजीकरणपछि भैरहवा नाकाबाट सुचारु हुन थालेको हो ।

आयातकर्ताले आफूँले आयात गरेको वस्तुको बजारमा बिक्री बितरण गर्नु अगावै एमआरपी, ब्राण्ड र उपभोग्य मिती लगायत्का विवरणको लेवल टांस्ने प्रतिबद्धता सहितको लिखित स्वघोषणा गराएर तत्कालका लागि आयात गर्न सकिने भन्दै भन्सार विभागले बुधवार साँझ भन्सार विभागले सहजीकरण गरेको थियो ।

भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले भन्सार बिभागले उक्त सहजिकरण गरेको जानकारी मौखिक रुपमा गराएपछि बिहीवारदेखि आयात सुचारु हुन थालेको बताए । ‘तेस्ता वस्तुको आयात गरेका व्यवसायीबाट भन्सारमैं लिखित प्रतिबद्धता सहितको स्वघोषणा गराइएको छ’ पौडेलले भने, ‘अहिले धमाधम रोकिएका तेस्ता सामानको आयात भैरहेको छ ।’

आयात गरिएको सामानमा व्यवसायीले एमआरपी लगायत्का विवरणको लेवल गोदाममैं टाँस्न पाउनु पर्ने माग छ । भैरहवा भन्सार कार्यालयमा आफ्नो सामान छुटाउन आयातकर्ताले धमाधम लिखित प्रतिबद्धता गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयको चैत ३० गतेको पत्र अनुरुप उक्त नियम कार्यान्वयनका लागि बाणिज्य विभागले १५ दिने सूचना जारी गरेपछि गत बैशाख १४ गतेदेखि एमआरपी उल्लेख नगरिएका बस्तुको आयात् भन्सारमैं रोक्न थालिएपछि आयात प्रकृया असहज बनेको थियो ।

अति छोटो समयमा यो नियम लागू गरिएको, नियम कार्यान्वयन गर्नु अगावै आयातका लागि बिदेशमा सामान अर्डर गरिसकिएको र कतिपय सामानको एमआरपी टास्न नमिल्ने लगायत्का कारण देखाउदै आयातकर्ताले यो नियम अव्यवहारिक भएको भन्दै आयातित सामानको भन्सार नै गराएका थिएनन् । आयातकर्ताले भन्सार नछुटाउदा धेरै दिनसम्म तेस्ता सामान भन्सारमा र बिच बाटोमैं रोकिएका थिए । नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरका अनुसार, यो नियमले भैरहवा नाकामा ४ सय भन्दा धेरै गाडीमा लोड भएका सामान भन्सार नभएर रोकिएका थिए ।

व्यवसायिक प्रयोजनका लागि बिदेशबाट पैठारी हुने तैयारी खाद्य सामाग्री वा सो को प्याकिगंमा वस्तुको ब्राण्ड, एमआरपी र उपभोग्य मिती लगायत्का विवरण खुलेको लेबल तथा अन्य तैयारी वस्तुको हकमा सम्बन्धित वस्तुको ब्राण्ड र एमआरपी सहितको लेवल खुलेको सुनिश्चित गर्ने भन्दै वाणिज्य विभागले चैत ३० गते १५ दिने सूचना जारी गरेको थियो । उक्त नियमलाई कार्यान्वयन गर्न भन्सार बिन्दुमैं कडाइ गरिएको थियो । भैरहवा भन्सार कार्यालयका अनुसार, उक्त नियम लागू भएपछि बैशाख १४ गतेदेखि भैरहवा भन्सार नाकाबाट आयात घट्दै गएको थियो ।

भन्सार सहिजकरण गरिएपछि बिहीवारसम्म रोकिएका ९० भन्दा धेरै ट्रकका सामान भन्सारबाट छुटेका छन् । बिहीवारमात्रै भैरहवा भन्सार कार्यालयले ५४ करोड रुपैया भन्सार राजश्व असूली गरेको छ । यो असूली बैशाख १४ गते यताको पहिलो भएको भन्सार प्रमुख पौडेलले जनाए ।

भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामान सरकारले सूचना जारी गर्नुपूर्व नै लोड भएर नेपालतर्फ हिंडिसकेकाले एमआरपी कार्यान्वयनमा जटिलता देखिएको नेपाल भन्सार एजेन्ट संघ, सिद्धार्थनगरका अध्यक्ष मधुप्रसाद पन्थीले बताए । ‘जापान, चीन लगायतका मुलुकबाट आयात गरिएका सामान भन्सार नाकामै आउन महिनौं लाग्छ । तर, एमआरपी लागू छोटो सूचनाका आधारमा भयो’, पन्थीले भने, ‘जसले गर्दा टाढाबाट आयात गरिएका सामानहरुमा कार्यान्वयन गर्न जटिलता भयो ।’

एमआरपी, ब्राण्ड र उपभोग्य मिती लगायत्का विवरणको लेवल उल्लेख गर्नु पर्ने नियमले भैरहवाको तुलनामा बिशेषगरि चीन लगायत् तेश्रो मुलुकबाट आयात बढी हुने बिराटनगर, बीरगञ्ज, तातोपानी र केरुगं नाका बढी प्रभावित हुने गर्छ । भैरहवा नाका भारतसँग हुने औद्योगिक कच्चा पदार्थ तथा व्यापारमा बढी प्रयोगमा आउने नाका हो ।